arrow

ग्यास सिलिण्डरभित्र लागुऔषध, दुई पक्राउ

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
laguaaushad.JPG

काठमाडौं । ग्यास सिलिन्डरभित्र लागुऔषध राखेर ल्याउने दुई जना पक्राउ परेका छन् । गत शुक्रबार साँझ ५ः३० बजे काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ्ग चेक पोष्टमा ईप्रका फर्पिङवा खटिएको चेकिङग डियूटीले काठमाडौं जिल्ला भित्रिने सवारी साधनहरुमा चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको हो । 

वीरगंजवाट काठमाडौं आउँदै गरेको वा ३७ प ७१३७ मोटरसाइकल रोकी चेक जाँच गर्दा मोटरसाइकल पछाडि बस्नेले बोकेको  जेव्रा झोलाभित्र ग्यासको सिलिण्डर राखी ल्याएकोमा शंका लागी सिलिण्डर हेर्दा सिलिण्डरको मुनि भाग काटी लागुऔषध राखिएको पाइएको हो । 

  उक्त सिलिण्डर भित्र प्रतिवन्धित लागुऔषध फनारगन, डाईजपाम र निर्फिन लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  

प्रहरीले रितपूर्वक वरामद गरी  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वृत्त कीर्तिपुर  पठाईएको र उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

वरामद भएको लागू औषधमा डाईजेपाम ५७७ एम्पल, फेनारगन ५७१ एम्पल, नुफिन ५६८  एम्पल रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ