arrow

अक्षय कुमार पनि कोरोना संक्रमित

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
akshaya.png

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी तीव्र भइरहेका बेलामा बलिउड अभिनेता अक्षय कुमारलाई पनि कोरोना भाइरस लागेको छ । 

उनले सामाजिक संजाल ट्वीटरमार्फत आफूलाई कोरोना लागेको बताएका हुन् । उनले आफू कोरोना पोजेटिभ पाइएपछि होम क्वारेन्टिनमा बसेकोसमेत जनाएका छन् । 

उनले आइतबार बिहान ट्वीट गर्दै आफूलाई कोरोना भएको जानकारी दिएका हुन् । 

उनले उनले आफू सबै नियमको पालना गर्दै होम क्वारेन्टिनमा बसेको र आवब्यक औषधि पनि लिएको लेखेका छन् । उनले आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई पनि छिटोभन्दा छिटो परीक्षण गर्न सल्लाह दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ