arrow

आदित्यनारायण र उनकी पत्नी पनि कोरोना संक्रमित

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
aditya-sweta.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी तीव्र भइरहेका बेलामा बलिउडकर्मीहरु धमाधम संक्रमित पाइएका छन् । उक्त क्रममा इन्डियन आइडलकाका कार्यक्रम संचालक आदित्य नारायण र उनकी पत्नी स्वेतालाई पनि कोरोना लागेको छ ।  

उनले सामाजिक संजालमा संक्रमित भएको जानकारी दिँदै ‘दुर्भाग्यले मेरी पत्नी श्वेता र म कोभिड–१९ पोजेटिभ भएका छौं । हाीले आफूलाई क्वारेन्टिनमा राखेका छौं । कृपया सुरक्षित रहनु होला । पूर्णरुपले प्रोटोकलको पालाना गर्नु होला । हाम्रा लागि प्रार्थना गर्नुहोला । यो समय पनि गुज्रिने छ ।’ लेखेका छन् । 

गायकगायिकाद्धय उदितनारायण झा र दीपानारायण झाका पुत्र आदित्य आफू पनि गीत गाउँछन् । उनले फिल्म पनि खेलेका थिए । सन् २०१० मा रिलिज भएको फिल्म शापितमा सँगै काम गरेपछि स्वेता र आदित्य नजिकिएका थिए । १० वर्षको डेटपछि उनीहरुले गत डिसेम्बरमा मात्रै बिहे गरेका हुन् । 

यसैबीच सफल नायक अक्षय कुमारलाई पनि कोरोना लागेको लागेको छ । 

उनले सामाजिक संजाल ट्वीटरमार्फत आफूलाई कोरोना लागेको बताएका हुन् । उनले आफू कोरोना पोजेटिभ पाइएपछि होम क्वारेन्टिनमा बसेकोसमेत जनाएका छन् । 

उनले आइतबार बिहान ट्वीट गर्दै आफूलाई कोरोना भएको जानकारी दिएका हुन् । 

उनले उनले आफू सबै नियमको पालना गर्दै होम क्वारेन्टिनमा बसेको र आवब्यक औषधि पनि लिएको लेखेका छन् । उनले आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई पनि छिटोभन्दा छिटो परीक्षण गर्न सल्लाह दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ