arrow

चिनियाँको डेरामा लुटपाट गर्ने चार युवा पक्राउ

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
daka.JPG

काठमाडौं । चिनियाँ नागरिकको डेरामा डाँका तथा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १६ गते राति ९ः१५ बजे ठमेलस्थित ३४ वर्षे चिनियाँ नागरिकको डेरामा मुकुन्डो लगाई पसेर उनकी श्रीमती र सालाहरुलाई हतियार देखाई नियन्त्रणमा लिएर धनमाल लिएर फरार हुने चार जनालाई प्रहरी शुक्रबार र शनिबार गरी पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा शुक्रबार राति १० बजे काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ शिवचोकस्थित आफ्नै डेराकोठाबाट सिन्धुपालचोञ्क जुगल गा पा वडा न ४ घर भएका वर्ष २८ को फुलकाजी तामाङ, शिवचोक स्थित आफ्नै डेराकोठाबाट ऐ ऐ  घर भएका वर्ष २४ को अमिर तामाङ र राति ११ बजे गोकर्णेश्वर नगरपालिका वडा नं ३ गोकर्णस्थित आफ्नै डेराकोठाबाट ऐ ऐ  घर भएका वर्ष २८ को बुद्द तामाङलाई पक्राउ गरेको हो । 

त्यस्तै शनिबार अपरान्ह ४ः३० बजे काठमाडौं गोकर्णेश्वर नगरपालिका ३ गाम्जा स्थित आफ्नै डेराकोठाबाट ऐ ऐ घर भएका वर्ष २८ को रोशन लामा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 

पीडितका अनुसार उक्त कोठाबाट २० लाख रुपैयाँ नगदर अन्य सामानहरु लुटपाट भएको हो । जसमा तिहलरी, २ वटा औंठी, बालकका २ वटा साना बाला, ठूला दुई वटा बाला, दुई वटा कानमा लगाउने मुन्द्रा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ