arrow

दुई दिनदेखि बेपत्ता गाउँले होटलका सञ्चालकको चारआलीको जङ्गलमा भेटियो शव

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत २२ आइतबार
charali-tilak.jpg

झापा । बिर्तामोडको गाउँले होटलका सञ्चालकको शव चारआलीको जङ्गलमा भेटिएको छ । दुई दिनदेखि बेपत्ता गाउँले होटलका सञ्चालक तिलक निरौलाको शव चारआलीको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ।

झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडमा होटेल गाउँले परिचित नाम हो ।  निरौला बिर्तामोड ५ का स्थायी बासिन्दा हुन् ।

उनी मोटरसाइकल सहित दुई दिनअघि देखि बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी मे. ९ प २२०९ नम्बरको मोटरसाइकल सहित बेपत्ता भएका थिए ।

 उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ