arrow

सातै प्रदेशका किशोर-किशोरीहरुलाई आत्मरक्षा तालिम

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
defence-traning.jpg

काठमाडौं । छोरी शिक्षाको लागि राष्ट्रिय सञ्जालले सातै प्रदेशका किशोकिशोरीहरुलाई ५ दिने आत्मरक्षा तालिम दिएको छ । प्रत्येक प्रदेशबाट ३-३ जना गरेर २१ किशोरकिशोरीहरुलाई ‘ज्ञान सिकाई प्रयोगशाला’ ललितपुरमा चैत २० गतेदेखि आत्मरक्षा तालिम तालिम दिन सुरु गरिएको हो ।

सञ्जालले गल्र्स किक, कुसल नेपाल, ग्लोबल एक्सन नेपाल र ज्ञान सिकाई प्रयोगशाललगायतका विभिन्न संघसस्थाहरु सँगको सहकार्यमा चैत २४ गतेसम्म तालिम दिनेछ ।

तालिमका लागि सातै प्रदेशबाट अनलाइन फारम भरेकाहरुमध्येबाट तीनतीन जना छानिएको थिए ।सातै प्रदेशबाट प्रतिनिधित्व गरेका किशोरकिशोरी एवं युवायुवतीहरुले सो प्रदेशमा छोरीहरुको शिक्षा सम्बन्धी सम्सया पहिचान गरेर शैक्षिक स्तर उकास्न एवं आत्मरक्षा सम्बन्धी चेतना जगाउनका लागि काम गर्ने छन् ।

‘सहभागी किशोरकिशोरीलाई आत्मरक्षासंबन्धि प्रशिक्षक बनाउन र हरेक प्रदेशमा छोरीहरुको शिक्षासम्बन्धित सवालहरुलाई पहिचान गरी शैक्षिकस्थर उकास्न’ आत्मरक्षा तालिम एउटा सानो पहलका रुपमा सञ्चालन गरिएको ग्लोबल एक्सन नेपालका संस्थापक बाबु काजी क्षेष्ठले बताए ।

कोभिड-१९को महामारीले निम्त्याएको लामो लकडाउनपछि मानिसहरु पुनः सामान्य  जनजीवनतर्फ फर्किने क्रममा विद्यालय, कलेज, वा कार्यलय जाँदा होस् या घर फर्किने क्रममा, सार्वजनिक स्थानमा रहँदा, सावर्जनिक यातायातमा आवतजावत गर्दा होस् या मानिसहरुको भिडभाडमा कोभिड-१९ को त्रास अझै यथावत नै छ ।

माहामारीकै बेला जनचेतनाको अभाव, बेरोजगारी, गरिबीको कारणले निम्त्याएका विभिन्न समस्याको चपेटामा छोरी एवं महिलाहरु बढी परेका छन् । पुरुषको तुलनामा घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार, दुर्व्यहारजस्ता हिंसामा समेत महिलाहरु नै बढी पीडित छन् ।


छोरी एवं महिलाहरुमाथिका यस्ता समस्या एवं हिंसा रोक्न वा न्युन गर्न छोरीहरुसँगै छोराहरुलाई समेत तालिम दिँदा झन चेतनामुलुक बन्ने तालिमका प्रशिक्षक निरज न्यौपानेको भनाइ छ । छोरीहरुको सशक्तीकरणका लागि छोरीहरुलाई मात्र तालिम दिँदा प्रभावकारीता बढ्न नसक्ने उनको भनाइ छ ।

यसैकारण तालिममा १४ जना छोरी र ७ जना छोरा सहभागी गराइएको कुसुम केसीले बताइन् । छोरी सशक्तीकरण र समाज परिवर्तनमा छोराहरुको छोरीप्रति हेर्ने दृष्टिकोण, बुझाइ र गर्ने व्यवहारमा परिवर्तन ल्याउन छोराहरुको पनि अहम भूमिका रहने कुसल नेपालकी संस्थापक समेत रहेकी कुसुम केसीको भनाइ छ ।

आत्मरक्षा सिपलाई जीवनउपयोगी सिपको रुपमा लिन सकिन्छ । यसले दैनिक जिवनका विभिन्न अवस्थामा सहि ढङ्गले निर्णय लिन, नेतृत्व लिन, आवाज उठाउन, हिंसा, दुर्व्यहार र बलात्कारबाट सुरक्षित रहनमा मद्दत पुर्याउँछ ।

साथै छोरीहरुको सशक्तीकरणमा आत्मबल, आत्मरक्षा क्षमता वृद्धि गरी हरेक छोरी, घर, परिवार र समाजलाई शैक्षिक, आर्थिक, मानसिक, सामाजिक, र सास्कृतिक रुपान्तरणका लागि किशोरकिशोरी तथा युवाहरुलाई आफ्नो समुदायमा परिचालन गर्नु अवसर र आवश्यकता दुवै देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ