arrow

जानकीदेवी राम प्रतिनिधि सभामा

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
janaki-devi.jpg

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् ।

सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतवार आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उनी निर्वाचित भएकी थिइन् । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।

निर्वाचन आयोगले उनी समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ