arrow

जिपी फाउन्डेसन अमेरिकाको अगुवाइमा २ सय ७९ जनालाई कोरोनाविरुद्धको खोप 

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
GP.jpg

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेशन (जिपी फाउन्डेसन) अमेरिका च्याप्टरको सक्रियतामा न्यूयोर्क आसपासमा रहेका नेपालीलगायत अन्य समुदायलाई कोभिड–१९ विरुद्ध खोप लगाउने अभियान शुरु भएको छ । 

अप्रिल ३ ,२०२१ शनिवार क्विन्स हस्पिटल जमैका न्यूयोर्कमा खोप लगाउने अभियान सम्पन्न भएको छ । जिपी फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार पहिलो दिन २७९ जनाले खोप लगाएका थिए । 

संभवत अमेरिकामा नेपाली संघसंस्थाहरु मध्ये फाउण्डेसनको अगुवाइमा एकै दिन क्वीन्स अस्पतालमा २५० जना भन्दा धेरैं नेपालीलाई खोप लगाउने पहिलो संस्था भएको घिमिरेले दाबी पनि गरे । 

शेर्पा किदुग र घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको विशेष सहयोगमा फाउण्डेसनद्वारा वितरित फाराम भरी नामावली संकलन गरिएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाइएको फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामाले बताए ।

 संस्थाका महासचिव छिरिङ्ग राप्के लामाको नेतृत्वमा स्वयंसेवकका रूपमा कार्यसमिती सदस्यहरु क्रमशः रामचन्द्र अधिकारी, ध्रुव कुवँर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य, युवा नेता विजय थुलुङ्ग, समाजसेवी रमेश दर्नाल, कलाकार एंव लेखक पुष्कर बराल, वरिष्ठ लोक दोहोरी गायक विमल डांगी लगायतले विशेष भूमिका निर्वाह गरेका थिए । 

क्वीन्स अस्पतालका समुदाय बोर्ड सल्लाहकार समितीका अध्यक्ष एंव क्वीन्स डेमोक्र्याटीक डिस्ट्रीक्ट लिडर डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरले फाउन्डेशनसँग हातेमालो गर्दै समुदाय स्तरमा खोप अभियान संचालन गर्न पाएकोमा खुशी ब्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ