arrow

चैत २५ गतेदेखि चिनियाँ खोप लगाइने, चीन जानेहरू प्राथमिकतामा

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
Vaccine-Covid-Corona-Nepal.jpg

काठमाडौं । चीनले अनुदान स्वरूप दिएको ८ लाख डोज खोप चैत २५ गते देखि लगाउने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ । 

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरूलाई खोप लगाउने तयारी भएको बताएका हुन् ।

खास गरी चीन भ्रमण, अध्ययन एवं व्यापारिक कार्यका लागि जानेहरुलाई प्राथमिकतामा राख्दै खोप लगाइनेबारे छलफल भएको उनले बताए । उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै खोप लगाइने निर्णय भएको छ ।

यो खोप चीनको सरकारी स्वामित्वमा रहेको सिनोफार्म फार्मास्युटिकल कम्पनीले उत्पादन गरेको हो । खोप ६० देखि ८५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी भए पनि चीनले पूर्ण परीक्षण तथ्याङ्क भने सार्वजनिक गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ