arrow

होम क्वारेनटिनमा अक्षय

logo
एएफपी,
प्रकाशित २०७७ चैत २२ आइतबार
akshayas1.jpg

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार होम क्वारेनटिनमा बसेका छन् । कारोना संक्रमण पुष्टि भएसँगै उनी होम क्वारेनटिनमा बसेका हुन् ।

अभिनेता कुमारले आफू होम क्वारेनटिनमा रहेको र आवश्यक औषधिहरू सेवन गरिरहेको बताएका छन् भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् ।

उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् ।  आइतबार अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको थियो  ।

कोभिड-१९ को संक्रमणका कारण पछिल्लो केही हप्तादेखि युरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ