arrow

हात्ती चराउने क्रममा बाघको आक्रमणबाट माहुतेको मृत्यु

logo
हरि गुरुङ,
प्रकाशित २०७७ चैत २२ आइतबार
nikunja.jpeg

बर्दिया । हात्ती चराउदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको आक्रमणबाट मृत्यु भएको छ ।  बाघको आक्रमणमा परि हात्तीसारका कर्मचारी ३१ वर्षका माहुते पुलिस राम चौधरीको आइतबार मृत्यु भएको हो।

ठाकुरबाबा न.पा.-९ बुट्कहुवा स्थायी बसोबास गर्ने थारु बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा मच्चन भन्ने ठाउँमा हात्ती चराउने क्रममा मृत्यु भएको निकुञ्जले जनाएको छ  ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट खोजतलास गर्दा उनको शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत असीम थापाले बताए ।

यस क्षेत्रमा पटक पटक बाघको आक्रमणमा एघार जनाले ज्यान गुमाइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ