arrow

एट्लेटिको मड्रिड हार्दा रियाल मड्रिड र बार्सिलोनालाई राहत

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
luis-suarez1.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको सेभियासँग उसकै मैदानमा १–० गोल अन्तरले पराजित भएको हो ।

सेभियालाई जित दिलाउन मार्कोस अकुनाले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि भने खेलको आठौं मिनेटमा सेभियाले लुकास ओकम्पोसको पेनाल्टीमा अग्रता लिने मौका गुमाएको थियो ।

यो हारले भने एट्लेटिकोले शीर्ष स्थानमा फराकिलो अग्रता बनाउने मौका गुमाएको छ । एट्लेटिकोको हारले बाँकी दाबेदार टिमहरु रियाल मड्रिड र बार्सिलोनालाई राहत मिलेको छ । 

एट्लेटिको २९ खेलमा ६६ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । दोस्रो स्थानको रियाल मड्रिडको २९ खेलबाट ६३ अंक छ । रियालले गत शनिबार आइबारलाई घरेलु मैदानमा २–० गोल अन्तरले हराएको थियो । 

एक खेल कम खेलेको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ । बार्सिलोनाले सोमबार राति १२ः४५ बजे २९ खेलमा रियाल भल्लाडोलिडसँग खेल्दैछ । 

घरेलु नोउ क्याम्पको मैदानमा यदि बार्सिलोना विजयी भए शीर्ष स्थानको एट्लेटिकोसँग अंक अन्तर एकमा झार्दै दोस्रो स्थानमा पुग्नेछ । 

लिगमा सेभिया ५८ अंकसहित चौथो तथा रियाल बेटिस र भिल्लारियल ४६ अंकसहित पाँचौं र छैटौं स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ