arrow

ग्रिनउडले जिताएपछि म्यानचेस्टर युनाइटेड दोस्रो स्थान मजबुद पार्दै

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
manutd-brighton.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानलाई मबजुद बनाउँदै लगेको छ । पहिलो स्थानको म्यानचेस्टर सिटीभन्दा निकै टाढा रहे पनि युनाइटेडले दोस्रो स्थान मजबुद बनाउँदै लगेको हो । 

आइतबार राति भएको खेलमा युनाइटेडले पुनरागमन खेलमा ब्राइटन एन्ड हभ आल्बियनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिलाई उल्टाएर युनाइटेडले जित निकालेको हो । खेलको १३ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।

बराबरी गर्न युनाइटेडलाई धेरै समय लाग्यो । खेलको ६२ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

८३ औं मिनेटमा मासन ग्रिनउडले गोल गर्दै युनाईटेडलाई २–१ ले जिताए ।

आइतबारका अन्य खेलको नतिजा 
साउथह्याम्पटन ३–२ बर्नली
न्यूकासल युनाइटेड (जोलिन्टन, जोसेफ विलोक) २–२ (ह्यारी केन) टोटनह्याम हट्सपर 
एस्टन भिल्ला ३–१ फुल्हम

अंक तालिका
शीर्ष स्थानको उपाधि नजिक पुगेको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक छ । ३० खेलबाट ६० अंकको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । 

तेस्रो स्थानको लेस्टर सिटीको ३० खेलबाट ५६ अंक छ । ३० खेलबाट ५१ अंकको चेल्सी चौथो स्थानमा हुँदा ४९ अंकको टोटनह्याम हट्सपर पाँचौं स्थानमा छ । 

डिफेन्डिङ च्याम्पियन लिभरपुल ४९ अंकसहित छैटौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ