arrow

जब विश्व अर्थव्यवस्थाको परिवर्तन गैर लोकतान्त्रिक मुलुकको पंजामा पुग्ने छ अनि त्यसपछि के हुन्छ ? 

logo
राजेन्द्र बजगाई, 
प्रकाशित २०७७ चैत २३ सोमबार
rajendra-bajgai.jpg

हामी परिणाममा कुरा गर्छौं कार्यान्वयनमा हाम्रो धेरै ध्यान जाँदैन । संसारका १३० देशसँग चीनको व्यापार साझेदारी छ। संसारका सबैभन्दा ठूलो पेट्रो खरिदी गर्ने मुलुक कुन हुन् ? भारत र चीन । भारतको सबैभन्दा ठूलो व्यापार साझेदार को हो ? जन गणतन्त्र चीन।

एसियामा भुटान बाहेक अरु सबै देशहरु चीनको व्यापार साझेदार मित्र छन् । इन्डो चीन सबैभन्दा ठूलो व्यापार साझेदार भएकाले भारतमा चिनियाँ लगानी संभवतः १०० बिलियन डलरको अत्यासलाग्दो छ । 

आरएमबी एक तैरने मुद्रा होइन जबकि ‘वन बेल्ट वन रोड’ ले आरएमबीलाई डलर प्रभुत्वबाट विश्व सार्न र अधिग्रहण गर्न मद्दत पुर्‍याउँछ । यो योजनामा चीनको घनघोर संघर्ष चलिरहेकै छ। 

पछिल्लो ७१ वर्ष (दोस्रो विश्व युद्ध) पछि डलर, ईन्धन, सुन एक साथ सँगै सर्थे, दौडन्थे । जति चाँडै तपाई सुन किन्नुहुन्छ डलर गिर्छ । तर यो भइरहेको छैन । मानिसहरु किन डलर किन्नको लागि हतार गरिरहेछन् र सुन गिर्दैछ ? यसलाई छिटो आम्दानी गर्ने गतिको सोच भनिन्छ।

पेट्रोलियमले विश्व अर्थतन्त्रलाई चीनमा स्थानान्तरण गरिरहेको छ जस्तो देखिन्छ । विश्वमा जलवायु परिवर्तनका मुद्दाहरू कसरी ल्याए र पश्चिममा अटोमोबाइल्स कारखानाहरु कसरी आफ्ना उत्पादनहरु नवीकरणीय उर्जामा बदल्दै सापेक्ष बनाउँदै छन् जान्न सक्नुहुन्छ। विद्युतीय सवारीहरुले बजार कसरी लिइरहेछन् हेर्नुहोस् ।

आज कसैले मलाईआधारहीन भन्न सक्छ ? यो प्रमाणित पूर्वानुमान हुनेछ कृपया यसलाई तपाईंको भविष्यका सन्दर्भहरुको रुपमा लिनुहोस्। 

मेरो प्रश्न यो हो कि जब विश्व अर्थव्यवस्थाको परिवर्तन एक गैर लोकतान्त्रिक विशाल मुलुकको पंजामा पुग्ने छ अनि त्यसपछि के हुन्छ ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ