arrow

४० वर्ष भारतीय जेल जीवन विताएर रिहा भएका दुर्गाप्रसादको उपचार शुरु

logo
सुदीप श्रेष्ठ,
प्रकाशित २०७७ चैत २३ सोमबार
durgaaa.jpg

काठमाडौं । ४० वर्ष भारतीय जेल जीवन विताएर रिहा भएका इलामको माई नगरपालिका–१० का ६० वर्षीय दुर्गाप्रसाद तिम्सिनाको उपचार शुरु भएको छ ।

उनको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा आइतबारबाट उपचार सुरु भएको उनका भतिज गोपाल तिम्सिनाले जानकारी दिए ।

दुर्गाप्रसादको उपचारमा वरिष्ठ फिजिसियन डा.पुरु कोइराला, वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर शिखा उपाध्याय, दन्त रोग विशेषज्ञ डाक्टर मुना पोखरेललगायतका चिकित्सकको टोली संलग्न रहेको तिम्सिनाले जनाए ।

उनमा मानसिक समस्या निकै जटिल बनेको चिकित्सकहरुलाई उद्धृत गर्दै उनले जानकारी दिएका छन् । दुर्गाको मानसिक स्वास्थ्य तथा शरीरको परीक्षण थालिएको छ, रिपोर्ट आइसकेको छैन । 

तिम्सिना भारतमा ४० वर्ष जेल जीवन बिताएर चैत ८ गते घर फर्किएका हुन्। विराट शिक्षण अस्पतालले तिम्सिनाको सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने जनाएको छ। प्रदेश १ सरकारले पनि उपचारको जिम्मा लिएको छ ।

जेल बस्दा मानसिक तथा शारीरिक तनाव भएकाले दुर्गालाई मानसिकसहित ढाड, पेट र दाँतको समस्या देखिएको साथै डिप्रेसन पनि भएको चिकित्सकहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ