arrow

एलजीले बन्द गर्‍यो मोबाइल फोन व्यवसाय

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
LG-Dual-Screen-4.jpg

काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजी कर्पाेरेसनले आफ्नो मोबाइल व्यवसाय बन्द गरेको छ । सोमबार कम्पनीले एक वक्तव्य जारी गर्दै निर्देशक समितिले मोबाइल व्यवसाय बन्द गर्ने निर्णयलाई स्वीकृत गरेको बताएको छ ।

कम्पनीले अब, विद्युतीय गाडी उपकरण, स्मार्ट हामे, रोबटिक्स, आर्टिफिसियल इन्टेलीजेन्सीलगायतका क्षेत्रमा बढी केन्द्रित हुने जनाएको छ । 

सन् २००९ देखि स्मार्टफोनको उत्पादन पनि थालेको कम्पनीले खासै बजार लिन सकेको थिएन । सन् २०१५ देखि स्मार्टफोन व्यवसायको खर्च धान्ने अवस्था समेत नहुन थालेपछि अहिले आएर कम्पनीले मोबाइल व्यवसाय नै बन्द गरेको हो ।

यसअघि एलजीका मोबाइल प्रयोग गरिरहेका प्रयोगकर्ताहरूलाई केही समयसम्म सेवा र सफ्टवेयर अपडेट लगायतको सुविधा भने जारी राख्ने छ ।

यसबाहेक कम्पनीले मोबाइल विशेषज्ञता, ६जी एवं अन्य प्रविधि क्षेत्रमा भने निरन्तर काम गर्दै जाने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ