arrow

सरकारको प्रशंसा गर्न सकिदैन, रोइलो बन्द गर्नुहोस मान्यज्यू : लक्ष्मी परियार

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २३ सोमबार
Laxmi_pariyar.jpg

काठमाडौं । सांसद लक्ष्मी परियारले सरकारले प्रशंसनीय काम नगरेकाले रोइलो गरिरहनु आवश्यक नभएको बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले ‘सरकारको प्रशंसा गर्नुपर्‍यो किन नगरेको भनेर’ सरकारका सांसदहरुले भनिरहेको भएपनि प्रशंसा गर्ने काम नगरेको बताइन ।

‘जनता आक्रोशित हुने काम सरकारले गरेकाले प्रशंसा गर्न सकिदैन, रोइलो बन्द गर्नुहोस हामी कसैको मृत्युमा हाँस्न सक्दैनौं,’उनले भनिन् ।

उनले इलाम नगरपालिकाका मेयरले दलित बस्ती उजाड्न खोजेको आरोप लगाइन । उनले इलाम भीमसेनस्थान मन्दिर क्षेत्रमा रहेको दलित बस्तीमा रहेका व्यक्तिको धनीपूर्जा भएको नम्बरी जग्गा जग्गाधनीलाई कुनै सोधखोज नै नगरी घरबारवीहिन बनाएको आरोप लगाइन । उनले भनिन्, ‘यो सरकार गरिब, निमूखाप्रति अनुदार छ, यस्तो गुन्डागर्दी बन्द गरियोस ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ