arrow

‘सरकारले संसदको विश्वासबारे सदनमा आएर जवाफ दिनुपर्छ’

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
bhimsendas_pradhan2.jpg

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले सरकारले संसदको विश्वासबारे सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका छन् ।

कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारलाई  समर्थन दिइरहेको दल नेकपा माओवादी केन्द्रले कामचलाउ भनिसकेको र कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागिसकेको अवस्थामा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसले राजीनामा मागिसकेको छ । माओवादीले पनि कामचलाउ पनि भनिसकेको छ । सरकारले अहिलेसम्म बेवास्ता गरेको छ । सरकारले सदनमा आएर जवाफ दिनुपर्छ ।’

त्यस्तै कांग्रेस सांसद रंगमती शाहीले संसद् र सिंहदरबार आउन डराउने प्रधानमन्त्री ओलीलाई बालकोटमा गएर राज गर्न सुझाव दिएकी थिएन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ