arrow

एनआरएनमा शेष घलेको कार्यशैलीको चर्को विरोध, विधान विपरित चलेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1327683549.jpeg
काठमाडौं । गैर आवासीय नेपाली संघमा नेतृत्व कार्यशैलीलाई लिएर विवाद चर्किएको छ । कार्यसमितिकै पदाधिकारीहरुले अध्यक्ष शेष घलेले विधान उल्लंघन गरेको आरोप लगाएका छन् ।  संघको पछिल्लो बैठकमा अध्यक्ष घलेले गरेको निर्णयप्रति आपत्ती जनाउँदै अधिकांश पदाधिकारीले अध्यक्ष स्वेच्छाचारी भएको भन्दै आपत्ति जनाएका छन् । 
 
उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, सचिव अर्जुनकुमार श्रेष्ठ, कोषाध्यक्ष हिक्मत थापा, महिला संयोजक सपीला राजभण्डारीलगायत अधिकांश पदाधिकारी र संघका संयोजकले अध्यक्ष घलेलेको कार्यशैली विधान विपरित रहेको भन्दै भएका निर्णय रद्द गररी नयाँ ढंगबाट अघि बढ्न आइसीसी सदस्यलाई आग्रह गरेका छन् ।
 
अध्यक्ष घलेले अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका १५ सदस्य र सल्लाहकार नियुक्ति प्रक्रियामा अन्तर्राष्ट्रिय कार्यसमितिका १४ जनाले संयुक्त रुपमा विज्ञप्ति निकाली आपत्ति जनाए । वर्तमान सरकारले केही दिन अघि मात्रै अध्यक्ष घलेले स्रहानिय काम गर्न लागेको भन्दै करोडौंको औषधि दिने प्रचार समेत गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ