arrow

गौरादहमा जुवा खेलिरहेका ९ जना पक्राउ 

logo
युबराज रेग्मी
प्रकाशित २०७७ चैत २४ मंगलबार
Arrest-Crime.jpg

झापा। गौरादह नगरपालिका वडा न  ३ स्थित  भक्तबहादुर बर्देवाको घरमा जुवा  खेलिरहेको  जानकारी पाए पश्चात् विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ४ सय २० रुपैयाँ, १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिएका छन् । 

पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह-२ बस्ने ३२ वर्षीय निर्मल थापा, गौरादह-३ बस्ने ३५ वर्षीय अङ्कित कार्की, सोही ठाउँका ३८ वर्षीय सुरेश भण्डारी,  गौरादह ४ का ४६ वर्षीय  गौरादह ४ बस्ने ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका-३ बस्ने ४० वर्षीय रामप्रसाद खतिवडा, सोही ठाउँका ४२ वर्षीय ईश्वर खतिवडा, कनकाई ७ बस्ने ४६ वर्षीय विष्णुप्रसाद उप्रेती र दमक नगरपालिका ७ बस्ने ३८ वर्षीय निरबहादुर सुनुवार रहेको डिएसपी थापाले बताए। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ