arrow

पोखरामा मेगा बैङ्कको क्युआर कोड सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
mega-qr-code-pokhara.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले पोखराका व्यावसायिक पसलहरूमा क्युआर कोड वितरण गरी त्यस क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्ले ढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरूबाट सामान खरिद गरेर क्युआर कोडबाट भुक्तानी गरी क्युआर कोड सेवाको सुरु गरेका छन्। उक्त अवसरमा नेपाल राष्ट्र बैङ्क पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैङ्क नेपाल लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो।

यो व्यवस्थासँगै पोखराका उपभोक्ताहरूले आफ्नो मोबाइल  बैङ्किङ एप्लिकेसन मार्फत सामान खरिद गरेको रकम सजिलै क्युआर कोडबाट भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ। नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढवा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैङ्कले क्युआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ।

क्युआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैङ्कले जनाएको छ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित बैङ्किङ सेवा सञ्चालन गर्दै आएको मेगा बैङ्कले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई डिजिटल माध्यमबाट पूण रूपमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले टिक बैङ्किङ, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट-पे, च्याटबट जस्ता प्रविधिमा आधारित सेवालाई महत्त्व दिई सञ्चालनमा ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ