arrow

केन्ट आरओको नयाँ वर्ष अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
kent-ro-new-year-offer-2078.jpg

काठमाडौँ। नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेकट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यस पालीको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहक वर्गले असाध्यै रुचाएको केन्ट आरओले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै “स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔँ केन्ट आरओ सँग सहर्ष” नारा सहितको अफर सार्वजनिक गरेको छ। यस अन्तर्गत केन्टको कुनै पनि आरओमोडलको खरिदमा “लक्की ड्र” मा सामेल भई हरेक महिना एलजीको कन्भेन्सन माइक्रोवेभ ओभन, एलजीको रेफ्रिजरेटर, एलजीकै एलईडी टिभी र तीन ओटा गोदरेज भाईरोशिल्डका उपहार ल्याएको छ। साथै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स मोडल को स्कुटर जित्ने मौका पनि पाउन सकिने कम्पनीले जनाएको छ।

गत चैत्र ८ यता कुनै पनि केन्ट आरओ खरिद गरेका सबै ग्राहकहरूले मासिक भाग्यशाली ड्र र बम्पर लक्की ड्रमा भाग लिन सकिने छ। लक्की ड्रमा भाग लिन को लागि केन्ट आरओ(स्पेस) आफ्नो नाम (स्पेस) ठेगाना (स्पेस) खरिद गरेको मिति (स्पेस) उत्पादन मोडेल नाम (स्पेस) सिरियल नम्बर टाइप गर्नुहोस् र ३७००१ मा एसएमएस पठाउन सकिने कम्पनको विज्ञप्तिमा भनिएको छ। यो योजना चैत्र ८ देखि नेपालभर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ