arrow

प्रधानमन्त्री यराक्लीलाई कोरोना भाइरस 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २५ बुधबार
gerogia-pm-irakli-garibashv.jpg

काठमाडौं । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उनी निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । 

कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिएको जनाइएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

जर्जियामा मङ्गलबार मात्रै उनीसँगै अरु ८९७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९५८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ । 

मंगलबार १० जना मृतक थपिएसँगै मृतकको संख्या ३ हजार ८३२ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ