- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वभर कोरोना भाइरस फेरि तीव्र गतिले बढेको छ । मंगलबार एकैदिन ५ लाख ७५ हजार मानिस संक्रमित भएका छन् । सबैभन्दा बढी भारतमा १ लाख १५ हजार २६९ जना संक्रमित भएका छन् ।
ब्रजिलमा ८२ हजार ८६९ र अमेरिकामा ६२ हजार १९४ जना संक्रमित थपिएका छन् । एकैदिन मंगलबार ११ हजार ८०० को ज्यान गएको छ । सबैभन्दा बढी ब्रजिलमा ४ हजार २११ जना संक्रमित थपिएका छन् ।
अमेरिकामा ९०५ र भारतमा ६३१ जनाको ज्यान गएको छ । इटालीमा ४२१, फ्रान्समा ३९८, रुसमा ३८९, युक्रेनमा ४३० जनाको ज्यान गएको छ ।
तस्वीरमा –अमेरिकाको फिलाडेल्फियामा मास्क लगाएका युवाहरु देख्न सकिने छ । अमेरिकाका पाँच राज्यमा आधा बढी संक्रमित रहेका छन् ।