arrow

भारतमा कोरोना थपिनेमा रेकर्ड, एकैदिन एक लाख १५ हजार बढी थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २५ बुधबार
election-india.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । भारतमा मंगलबार (अप्रिल ६, चैत २४ गते) एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी १ लाख १५ हजार २६२ संक्रमित थपिएका छन् । 

यो अहिलेसम्मकै बढी हो । यसअघि आइतबार सबैभनदा बढी रहेका थिए । उक्त रेकर्डसमेत एक दिनपछि उर्लिएर तोडियो । 

आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

तर भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै आइतबार (चैत २२ गते, ४ अप्रिल २०२१)  मा १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका थिए । त्यो रेकर्डसमेत मंगलबार तोडियो । 

सोमबार भने ९६ हजार ५६३ जना संक्रमित थपिएका थिए । यसले भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार पाँचौं दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

योसँगै कुल संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर ८ लाख ३८ हजार ६३३ पुगेका छन् । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शुक्रबार ७१३ जनाको ज्यान गएकोमा शनिबार ५१४ जनाको ज्यान गएको थियो । आइतबार ४७७ जनाको ज्यान गएको थियो भने सोमबार ४४५ जनाको ज्यान गएको थियो ।  मंगलबार बढेर ६३० पुगेका छन् । 

अहिलेसम्म १ लाख ६६ हजार २०८ को ज्यान गइसकेको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । आइतबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ हजार ७४ जना संक्रमित भएका थिए । मंगलबार ५५ हजार ४६९ जना संक्रमित थपिए । सोमबार भने यो संख्या घटेर ४७ हजार २८८ रहेको थियो । 

मंगलबार एकैदिन महाराष्ट्रमा मात्रै सबैभन्दा बढी २९७ जनाको ज्यान गएको थियो । शनिबार २७७ जनाको ज्यान गएको थियो । 

महाराष्ट्रमा मात्रै हाल ४ लाख ७२ हजार २८३ जना सक्रिय संक्रमित रहेका छन् । 

नेपालसँग सीमा जोडिएको बिहारमा मंगलबार १ हजार ८० संक्रमित थपिएका छन् । सोमबार ९३५ जना संक्रमित थपिएका थिए । आइतबार ८६४ जना संक्रमित थपिएका थिए । शनिबार ८३६ जना संक्रमित थपिएका थिए । शुक्रबार ६६२ जना संक्रमित थपिएका थिए ।  

नियन्त्रणको नजिक पुगेको बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ४ हजार ९५४ पुगेका छन् । 

तस्वीर–भारतको कानपुरमा ८१ वर्षीया महिला रानीदेवीले पञ्चायत चुनावका लागि उम्मेदवारी दर्ता गराउँदै ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ