arrow

लक्ष्मीको बलत्कार पछि हत्या गर्नेलाई कर्बाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २५ बुधबार
nsu-birodh-laximi.jpg

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले कर्णालीमा मृत अवस्थामा फेला परेकी लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कारबाहीको माग गरेको छ । मुगुको सोरूँ गाउँपालिका-९ कैलालीकी ९ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई फाँसीको सजाय माग गर्दै नेविसंघ लगायतका विद्यार्थीहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन समेत गरेको छ  ।

नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले बुधवार एक विज्ञप्ति जारी गरी दोषीहरुलाई तत्काल पक्राउ गरी हदै सम्मको कारबाही गर्न माग गरेका छन् ।  'वाल ज्योति प्रा. वि. मा कक्षा ३ मा अध्ययनरत चौलागाईंको बलात्कार पछि हत्या गरी शव कर्णाली नदीमा फ्यालिएको घटनाले हामी स्तब्ध भएका छौँ । बलत्कार गरी हत्या गरिएको यस्तो पाशविक घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ । यस्तो क्रूर अपराध र नीच घटनामा संलग्न सम्पूर्ण दोषीहरुलाई तत्काल पक्राउ गरी हदै सम्मको कारबाही गर्न जोडदार माग गर्दछौँ ' ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 'ने क पा एमालेको ओली नेतृत्वको सरकार गठन भए यता विगत ३ वर्षमा लगातार यस्ता घटनाहरू दोहोरिनुले जनताको जिउधन रक्षा गर्ने सवालमा ओली सरकारको उदासीनता उदाङ्गो भएको छ । निर्मला पन्त, सम्झना वि. क. र भागीरथी भट्टको बलात्कार गरी हत्या गरिँदा हत्यारा पक्रनुको सट्टा बलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकोले हाम्रो समाजमा यस्ता जङ्गली र पाशविक घटनाले निरन्तरता पाएका छन् । बलत्कारी र हत्यारालाई संरक्षण गरी सत्ताको आयु लम्ब्याउने खेलमा न लागी जनताको जिउधन रक्षा गर्ने सवालमा गम्भीर भएर लाग्न ओली सरकारलाई खबरदारी गर्न चाहन्छौँ । घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी हदै सम्मको कारबाही गर्न सरकारले तदारुकता देखाओस् । आगामी दिनमा यस्ता जङ्गली र क्रूर अपराधका घटना नघट्ने कुराको जनतालाई प्रत्याभूति गराओस् । अझै पनि यो नालायक ओली सरकार बलात्कारी र हत्यारालाई संरक्षण गर्ने दिशामा अघि बढे सडक आन्दोलन गरी ठेगान लगाउन बाध्य हुनेछौँ । र यसवाट उत्पन्न हुने हरेक परिस्थितिको जिम्मेवारी यो नालायक ओली सरकार हुनेछ ' विज्ञप्तिमा उल्लेख छ ।

'हामी हाम्रा चेलीहरूको न्यायसँगै अपराधीलाई कडा कारबाहीका निम्ति लडिरहेका छौँ तर पनि किन दोहोरिन्छन् यस्ता जघन्य अपराधहरू किन बारम्बार भइरहेका छन् हाम्रा चेलीहरूको बलत्कार पछि हत्या । कतिपय घटनाहरू त कहिल्यै बाहिर नआउने गरी रहस्यका गर्भमा पनि दबिएका छन्। बालिका लक्ष्मी चौलागाईँको बलात्कार पछि हत्या गरी शव कर्णालीमा फालिएको घटनाले स्तब्ध बनायो।  घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कडा कारबाही होस्' नेविसंघ महामन्त्री दीपक भट्टराईले भने ।

शनिवार तारा पानीको घर नजिकै खेलिरहेकी लक्ष्मी चौलागाईं शनिवार देखि हराएपछि  स्थानीय र प्रहरीले खोजतलास गर्दा  बालिकाको घर देखि ५ सय मिटर टाढा  मुगु कर्णाली नदिना माछा मार्न गएका स्थानीयहरूले बालिकाको शव  मुगु कर्णालीको नदी बिच भागको ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ