arrow

च्याम्पियन्स लिगमा चेल्सी सेमिफाइनल नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
chelsea_1617850959.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङ्गलिश क्लब चेल्सी सेमिफाइनल नजिक पुगेको छ । क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीले सहज जित निकालेको हो ।

बुधबार राति भएको खेलमा चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पोर्टोको मैदानमा चेल्सीलाई जित दिलाउन मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे ।

जितसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पोर्टो भने कमजोर बनेको छ । दोस्रो लेगमा चेल्सीको मैदानमा पोर्टोलाई फराकिलो जित निकाल्नु पर्ने भएको छ ।

दोस्रो लेग अप्रिल १३ मा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ