arrow

छाए एम्बाप्पे, बायर्नको मैदानमा गरे दुई गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
ambappe_1617852871.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च स्टार केलियन एम्बाप्पे छाएका छन् । लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आकर्षक  जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । मार्क्विन्होसले एक गोल थपे ।

बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए । 

जितसँगै पीएसजीले बायर्नविरुद्ध गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।

गत सिजन पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको थियो ।

दोस्रो लेग अप्रिल १३ मा पीएसजीको मैदानमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ