arrow

नरेन्द्र मोदीले लगाए कोरोना खोपको दोस्रो डोज

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
narendra-modi-corona-vaccin.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज लगाएका छन् । नयाँ दिल्लीको एम्समा पुगेर मोदीले बिहीबार बिहान दोस्रो डोज लिएका हुन् । 

मोदीले पहिलो डोज मार्च १ तारिखमा लिएका थिए । सामाजिक संजालमा फोटो राख्दै उनले सबैलाई कोरोनाको खोप लिन आग्रह गरेका छन् । 

मोदीलाई पंजाबकी नर्स नेहा शर्मा र पुड्डुचेरीकी नर्स पी निवेदिताले दोस्रो डोज दिएका हुन् । 

नेहाले आफूहरुसँग प्रधानमन्त्री कुराकानी गरेको बताउँदै यो स्मरणीय क्षण रहेको बताइन् । निवेदिताले पहिलो डोज पनि दिएकी थिइन् । 

मोदीले देशमा बढिरहेको कोरोनाको बारेमा सबै राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत सम्वोधन गर्दैछन् । 

भारतमा कोरोना संक्रमण झन् उत्कर्षमा, एकैदिन एक लाख २६ हजार संक्रमित थपिए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ