arrow

सप्तरीमा मोर्चाको प्रदर्शन जारी, बिहानै प्रहरी चौकी जल्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1141351677.jpeg
सप्तरी । सप्तरीमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको झोंकमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले सोमबार बिहान प्रहरी चौकीमा आगजनी गरेका छन् । सप्तरी कोलाडी बसाइन–१ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले बताए ।  
 
शनिबार रातिदेखि तनाव कायम रहेको सप्तरीमा बिहानै ठाउँ–ठाउँमा प्रदर्शन भएको छ । सदरमुकाम राजविराजमा आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ । सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालिन कर्फ्यू जारी गरे पनि उनीहरुले अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् । यस्तै, सप्तरी तनावमा सरकारले तीन जनाको मृत्यु भएको बताएपनि मोर्चाका चारै घटकले पाँच कार्यकर्ताको मृत्यु भएको जिकिर गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ