arrow

सङ्कटको सामना मिलेर गरौँः उपप्रधानमन्त्री केसी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
524492262.jpeg
म्याग्दी । उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतको अघोषित नाकाबन्दीपछि उत्पन्न भएको सङ्कटको समाधानका लागि सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय जनमोर्चा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेका केसीले नाकाबन्दीले अत्यावश्यक औषधि, इन्धनलगायतको अभाव सिर्जना गरेको उल्लेख गरे । 

“यो नाकाबन्दी नयाँ होइन, भारतले पटक पटक नेपालमा नाकाबन्दी लगाउँदै आएको छ, त्यसैले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता जोगाउन यो सङ्कटको मिलेर सामना गर्नुको विकल्प छैन, केसीले भने ।”  विगतमा शासक र राजनीतिक दलहरूले पाठ सिकेर अन्य मुलुकसँग समेत व्यापारिक सम्झौता गर्न नसक्नु ठूलो गल्ती भएको भन्दै उनले अहिलेको सरकारले विभिन्न विकल्पहरूको खोजी गरिरहेको जानकारी दिए । 

सरकारले छिट्टै अन्य मुलुकसँग व्यापारिक सम्झौता गर्न लागेको उनले बताए । भूपरिवेष्टित मुलुक नेपालका लागि पारवहन सुविधा अन्तर्राष्ट्रिय अधिकार भए पनि मधेस केन्द्रित दलहरूले गरिरहेको आन्दोलनको बहानामा भारतले नाकाबन्दी लगाउनु छिमेकी मुलुकमाथिको अनावश्यक हस्तक्षेप भएको उनको भनाइ थियो । 

मन्त्री केसीले मधेस केन्द्रित दलहरूले उठाएका अधिकांश मुद्दा नयाँ संविधानमा सम्बोधन भइसकेको र अन्य मागलाई पनि वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ