arrow

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
ncell-axiate-company-logo.jpeg

काठमाडौँ। नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरूप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आकर्षक डेटा योजना अन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन्।

यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ। ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ गते मङ्गलवार देखि सञ्चालनमा आएको छ।

डबल डेटा योजना अन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरूमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन्। यो आकर्षक योजना अन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समय सीमा रहेको १० जीवी डेटा प्याकको खरिद मा थप १० जीवी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन्। ग्राहकले यो योजना अन्तर्गत मात्र रु ४९९ मा २० जीवी (१० जीवी + १० जीवी) डेटाको मजा लिन सक्छन् । बोनस डेटा पनि ३० दिनको लागि मान्य रहने छ। त्यस्तै रु १३९ मा १४ दिन समय सीमा रहेको २ जीवी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीवी डेटा भोलुम (२ जीवी + २ जीवी) को फाइदा लिन सक्छन्।

त्यस्तै ३ दिन समय सीमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समय सीमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजना अन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्छन्। १ दिनको समय सीमा रहेको १५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याट बोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ। यसका साथै डेटा सापटी सेवा अन्तर्गत रु ४० मा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उही शुल्कमा ६०० एमबी डेटाको मजा लिन सक्छन्।

यति मात्र हैन, नयाँ वर्षको यो योजना अन्तर्गत रु ५० वा सो भन्दा माथि हरेक रिचार्जमा उपहार स्वरूप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ। रु ५० देखि रु ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि रु ५० एमबी बोनस डेटा प्राप्त गर्दछन्। बोनस डेटा १ दिनको लागि मान्य रहने छ। त्यसै गरी रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमशः रु १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रूपमा प्राप्त गर्दछन्।

त्यसै गरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजना अन्तर्गत बोनस स्वरूप प्राप्त गर्दछन्।

नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकका लागि उही शुल्कमा डबल डेटा भोलुम प्रदान गर्न पाएकोमा निकै खुसी रहेको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गतको डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटाले ग्राहकको सञ्चारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ वर्षमा आफ्ना परिवार तथा साथी भाइसँग डिजिटल माध्यमबाट सम्पर्कमा रही रहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वा एस्ट्रिक्स १७१२३एस्ट्रिक्स७८ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन्। यो योजना वैशाख १४ सम्म सञ्चालनमा रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ