arrow

नाकाबन्दीको बिरोधमा ह्वाइट हाउस अगाडि विशाल प्रदर्शन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
514046363.jpeg
काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुले भारतीय नाकाबन्दीको बिरोधमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस विशाल प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली संघको आव्हानमा करिब तीन हजार नेपालीले अहिलेसम्मकै ठूलो प्रदर्शन गरेका हुन् । गत आइतबार बिहान त्यहाँका दुई दर्जन बढी राज्यहरुबाट नेपालीहरु वाशिंगटन डिसीमा जम्मा भएर भारत विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । 

नेपाली ढाका टोपी, पोशाकसहित उपस्थित भएका उनीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड बोकेका थिए । झन्डै ५० प्रकारका बिरोध जनाउने अंग्रेजी र नेपाली भाषामा लेखिएका प्लेकार्ड बोकेर ह्वाईट हाउस अगाडि प्रदर्शन गरेका थिए । नेपाललाई नाकाबन्द, भारतको आँखा बन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमान झुक्दैन, नेपाल फुटाउन गार्हो छ, जातिय सद्भाव प्यारो छ ,बुझी राख दिल्लीका नवाब,नेपालमा काम गर्दैन तिम्रो दबाव तथा मानो तेल पाथी होइन, नाकाबन्दी गर्ने साथी होइन जस्ता तुल तथा झन्डा द्वारा प्रदर्शन गर्दै बिरोध गर्दै नारा लगाएका थिए ।

विरोध कार्यक्रममा चर्चित हाँस्य कलाकारा मनोज गजूरेलले मोदीलाई सन्देश दिनूका साथ राष्ट्रीय गीत समेत गाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ