arrow

बलिउडपछि नेपाली फिल्मतिर पुष्पराज

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
849928151.jpeg
काठमाडौं । ‘सायद’ सिक्वेलले निर्देशक पाएको छ । दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट ‘सायद २’मा पुष्पराज न्यौपाने अनुबन्धित भएका हुन् ।  चलेका बलिउड सिनेमामा सहायक निर्देशन गरिसकेका न्यौपानेले दुर्गिश फिल्मसबाट निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् । दुर्गिश फिल्मस प्रमुख सुनिल रावलले यसबारे पुष्टि गरे । 

सायद, होस्टेल र होस्टेल रिटन्र्सपछि दुर्गिश फिल्मसले चौंथो सिनेमा बनाउन लागेको हो । ‘सायद २’ निर्देशनका लागि आवेदन दिएका झन्डै दर्जन आवेदकमध्येबाट न्यौपाने छानिएका हुन् ।  न्यौपानेले बलिउडका ‘डेन्जरस इस्क’, ‘राज ३’, ‘हेट स्टोरी २ र ३, ‘म्याक्सिमम’, ‘राज ३’ मा काम गरिसकेका छन् । सिरियलहरु ‘घरकी लक्ष्मी’ ‘बेटियाँ’, ‘गीता’, ‘मधुबाला’ र ‘सावधान इन्डिया’मा उनले सहायक निर्देशकको रुपमा काम गरिसकेको दुर्गिश फिल्मसले जनाएको छ ।

न्यौपानेले वातावरणसम्बन्धी डकुमेन्ट्री पनि निर्देशन गरिसकेका छन् । ‘सायद’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए । त्यसयता कम्पनीले नयाँ निर्देशकलाई मौका दिएको थियो ।  सोसल ड्रामा जानराको सिनेमाको छायांकन नेपाल र जापानमा हुने भएको छ । कलाकार छनौट भने बाँकी रहेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ