arrow

चैते दशैंको बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
Khaptadchhanna_Gaunpalika.png

बझाङ । खप्तडछान्ना गाउँपालिकामा मंगलबार चैते अष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ । चैते शुक्ल अष्टमीका दिन मनाइँदै आएको चैते अष्टमी पर्वका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।  

गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले यही वैशाख ५ गते गाउँकार्यपालिकाले गरेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको बताए ।

रोकायाका अनुसार गाउँपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ । 

गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पुनः फैलिएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नाका साथै  सामाजिक दूरी कायम गरी भीडभाडमा नजानसमेत आग्रह गरेको छ । रासस



नयाँ