arrow

दुई हप्तादेखि दाउरामा पाक्दैछ रामचन्द्र पौडेलको खाना

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
235706783.jpeg
काठमाडौं । नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलको घरमा नाकाबन्दीको प्रभाव परेको छ । नाकाबन्दीका कारण इन्धन अभाव सर्वसाधरणले झेलिरहेका बेलामा कार्यबाहक सभापति पौडेलको भान्सा खाना पकाउने ग्यास सक्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ ।

पौडेलले आफ्नो फेसबुक पेजमा मेरो घरमा नाकाबन्दीको यस्तो प्रभाव भनेर दाउरा बालेर श्रीमतिले खाना पकाइरहेको फोटो पोष्ट गरेका छन् । पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीका अनुसार पौडेलको भान्सामा ग्याँस सकिएको २ साता भन्दा बढि भएको छ । अधिकारीका अनुसार कार्यबहाक सभपाति पौडेलले  नाकाबन्दीले सर्वसाधारण जनताले सास्ती बेहोर्नु परिरहेका बेला आफूले किन पदको दुरुपयोग गर्नेभन्दै दाउरामा खाना पकाउन आफ्नी पत्नीलाई आग्रह गरेको थिए ।

पौडेलले ग्यासका लागि शक्तीको दुरुपयोग नगर्न निर्देशन दिएको अधिकारीले बताए । ‘अहिले मुलुक संकटमा छ । राष्ट्रिय संकटको बेला सबै मिलेर जानुपर्छ । पहिला जनताको मर्का बुझ्नु पर्छ’, पौडेलको भनाइ उदृत गर्दै सहयोगी अधिकारीले भने ‘जुनदिन जनताले पनि सहज रुपमा पाउछन त्यही दिन हामी पनि ल्याउला अहिले दाउरामा पकाउदा केहि हुदैन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ