arrow

टिम्बरले भन्योः ‘दाउरा लिन नागरिकता चाहिँदैन’

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1480012392.jpeg
काठमाडौँ । द टिम्बर कर्पोरेसनले हालसम्म तीनहजार ७५ परिवारलाई करिव तीनलाख पाँचहजार केजी दाउरा सर्वसाधारण जनतालाई वितरण गरेको छ ।  भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कर्पोरेशनले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरको डिपोबाट घरायसी प्रयोजनको लागि दाउरा गत असोज २९गतेदेखि उपलब्ध गराउँदै आएको छ । 

वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा कर्पोरेशनको भक्तपुर ठिमी र काठमाडौको स्वयम्भू अस्थायी डिपोबाट पनि प्रति परिवार एकसय किलो दाउरा वितरण सुरु भएको उल्लेख गरिएको छ ।  विज्ञप्तिमा दाउरा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिदिन र दाउरा लिनको लागि नागरिकता नचाहिने विज्ञप्तिमा स्पष्ट पारिएको छ । वन मन्त्रालय अन्तर्गतको कर्पोरेसनले उपत्यकाका विभिन्न स्थानमा पनि दाउरा वितरणका लागि डिपो विस्तार गर्न लागेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ