- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन् । विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ । तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन् । महिना दिनअघि मात्रै माइती नेपालले नाकामै उद्धार गरेका चार महिलाले बयान दिने क्रममा आफूहरु मिर्गौला बेच्न भारत हिँडेको बताएका थिए । कमजोर आर्थिक अवस्थाका महिला पुरुषलाई एकमुष्ट धेरै पैसा कमाई हुने लोभ देखाएर तस्करले मिर्गौला बेच्न लगाउँछन् । माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेका अनुसार उनीहरुलाई मिर्गौला बेचेपछि एकमुष्ट पैसा हात लाग्ने र स्वास्थ्य पनि केही नहुने दलालहरुले आश्वस्त पारेका हुन्छन् । ‘सिन्धुपाल्चोकका ती चार महिला किड्नी बेच्ने अनि पैसा लिएर घर फर्किने सुरले आएका रहेछन्’ घिमिरेले भने । (नागरिक दैनिकबाट)