arrow

प्रधानमन्त्रीलाई सुझाव दिँदै एमालेका मधेसी सांसद

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2136400085.jpeg
काठमाडौँ । प्रस्तावित दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले) का सांसदहरुले मधेसका समस्या समाधान गर्न बुँदागत रुपमा प्रधानमन्त्रीलाई सुझाव दिने तयारी गरिरहेका छन् । 

मधेसको आन्दोलनले जनजीवनलाई दुष्प्रभाव पार्दै गएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गर्न दुई नम्बर मधेस प्रदेशबाट निर्वाचित तथा समानुपातिक एमाले सांसदहरुबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई लिखित सुझाव दिने तयारी भएको नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा सांसद डा वंशीधर मिश्रले जानकारी दिए । 

उनले भने – “मधेसको परिस्थिति अराजक र हिंसात्मक बन्दै गइरहेको छ । यसले मुलुकको अर्थतन्त्रका साथै जनजीवनलाई प्रभावित गरेको छ । आन्दोलनरत पक्षको माग सम्बोधनमा सरकारले तत्काल ध्यान दिनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” संविधानमा संशोधन गर्नुपर्ने केही कुरा भए त्यसलाई संशोधन गरेर जानुपर्ने र सीमाङ्कनको विषयमा खुल्ला रुपमा छलफल गरेर राजनीतिक सहमतिका आधारमा समस्या समाधान गर्नुपर्ने उनीहरुको सुझाव छ । मधेसको आन्दोलनमा संविधानमा भएको व्यवस्था बुझेका र नबुझेका सबै होमिएकाले समस्या झन् जटिल भएको उनीहरुको भनाइ छ । 

प्रस्तावित नम्बर दुई प्रदेशका एमाले सांसदको आइतबारदेखि छलफल सुरु भएको हो । सोमबार बुँदागत रुपमा छलफलबाट आएका सुझावलाई लिपिबद्ध गरी प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई सुझाव दिने सांसद तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बताए । छलफलमा एमाले पोलिटब्यूरो सदस्य तथा सांसद डा मिश्र, नागेन्द्र चौधरी, शत्रुधन महतो, एमाले केन्द्रीय सदस्य तथा सांसद बलवीर चौधरी, बैजनाथ चौधरी, पूर्वमन्त्री रामचन्द्र यादवलगायत २२ सांसदको उपस्थिति छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ