arrow

सामाजिक सद्भाव कायम राख्न उपेन्द्रको आव्हान

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1213419622.jpeg
काठमाडौं । मधेश आन्दोलनको सय दिन पुगेको अवसरमा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव कायम राख्न आन्दोलनकारी र सुरक्षाकर्मी दुवैलाई अपिल गरेका छन् ।

उनले सरकारले नै जनताबीच द्वन्द्व निम्त्याउने काम गरेको आरोप लगाउँदै आन्दोलनलाई सम्बोधन गरी समस्या समाधान गर्नु भन्दा राष्ट्रिय एकतालाई खण्डित पार्ने गरी मधेसी र पहाडे समुदायलाई एक आपसमा लडाउने, भिडाउने र साम्प्रदायिक दङ्गा फैलाउने खालको षड्यन्त्र गरिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘उक्त षड्यन्त्रप्रति सचेत रही सबैले सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता कायम राख्दै विविधितामा एकता र एकतामा विविधता नै हाम्रो विशेषता हो भन्ने तथ्यलाई सँधै ध्यानमा राख्नु पर्दछ ।’ विज्ञप्तिमा जनाइएको छ ।

उनले एम्बुलेन्स सेवा, रेडक्रस, विदेशी कूटनीतिज्ञ, प्रेस, दमकल, शव बाहन, औषधि र मानवअधिकार लगायतका सवारी साधनहरु निर्वाध रुपमा चल्न दिन र आवश्यक परेको खण्डमा सहयोग गर्न पनि कार्यकर्तालाई आव्हान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ