समसामयिक

कांग्रेस समीक्षा बैठक : पराजयका छ कारण विश्वप्रकाशद्वारा प्रस्तुत (पूर्ण पाठ)

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका छन्। बैठकमा विमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शंकर भण्डारी, मोहनबहादुर बस्नेत र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राखेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ... बाँकी अंश»

टेलिकमकी महाप्रवन्धकलाई नेविसंघको ज्ञापनपत्र

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। कांग्रेस निकट नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले नेपाल टेलिकमकी महाप्रवन्धकलाई बुधबार ४ बुँदे ज्ञापन पत्र बुझाएको छ। टेलिकमकी महाप्रवन्धकलाइ नेविसंघले कुनै एक पार्टीको भातृसंगठनको प्रचार व्यानरमा नेपाल टेलिकमको लोगो राखिएको भन्दै महाप्रवन्धकलाई ज्ञापनपत्र बुझाएको हो।  ... बाँकी अंश»

लागु औषध कारोवारमा संलग्न सातजनालाई हतियार सहित पक्राउ

२०७५ बैशाख १२ बुधबार, विराटनगर। लागु औषध कारोवारमा संलग्न सातजना भारतियलाई हतियार तथा ठुलो परिणामको लागु औषध सहित मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको हो। ... बाँकी अंश»

भूकम्पको तीन वर्ष : सरकारले ढाटेको भूकम्पपीडितहरुको गुनासो

२०७५ बैशाख १२ बुधबार, पाल्पा। नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ। तर, यो अवधिमा भएको पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन। आखिर यो अवधिमा कति भयो त काम ? भूकम्पबाट झण्डै १० लाख निजी घरमा क्षति पुगेको थियो। करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पु‍गेको थियो। ... बाँकी अंश»

धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

२०७५ बैशाख १२ बुधबार, जोधपुर, भारत। उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उनकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाउनु भएको हो। ... बाँकी अंश»

अब दिल्ली र बेईजिङ्मा पनि त्रि–देशीय साझेदारीबारे छलफल सुरु : डा. भट्टराई

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले काठमाडौंमा मात्रै नभएर अब दिल्ली र बेईजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस सुरु भएको बताएका छन्। ... बाँकी अंश»

ढाकाबाट आइपुगे यात्रुबाहक बस

२०७५ बैशाख १२ बुधबार, काँकडभिट्टा। नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ। बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन्। ढाकाबाट वैशाख १० गते छुटेका ती बस आजै बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए। सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन्। ... बाँकी अंश»

मछिन्द्रनाथको काममा रमाउँदै सेवकहरु

२०७५ बैशाख १२ बुधबार, ललितपुर। मछिन्द्रनाथको जात्रामा मीननाथको रथ बाँध्दै आएका चिरीकाजी महर्जन अहिले छोरा भतिजालाई सिकाउने र सघाउने गर्छन्। ... बाँकी अंश»

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

२०७५ बैशाख १२ बुधबार, चितवन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन्। नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए। ... बाँकी अंश»

स्वर्गीय ठकुरी काँग्रेसका सच्चा सिपाई : सभापति देउवा 

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता स्वर्गिय चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाई भएको बताएका छन्। चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको कार्यक्रममा उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए। “पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकूरीको महत्वपूर्ण योगदान रहेको छ,”– उनले भने। ... बाँकी अंश»

धरहरा चाँडो निर्माण हुन्छ : प्रम ओली

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो कुरा बताएका हुन्। ... बाँकी अंश»

आइजीपी खनाल दाहिने हातमै किन लगाउँछन् घडी ?

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको घडी लगाउने बानी पुरानै हो। शुरुवाती बेलामा उनी देब्रे हातमै लगाउने गर्थे। तर देब्रे हातमा घडी लगाउँदा बेला बेलामा अलिक गडबडी हुन थाल्यो। ... बाँकी अंश»

नरिवल खसाल्ने जात्रा शुक्रबार, नाग–नागिनीको मिलन १२ वर्षमा

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। रातो मच्छिन्द्रनाथको नरिवल खसाल्ने जात्रा आउने शुक्रबार हुने भएको छ। मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनमा नरिवल खसाल्ने जात्रा मनाइन्छ। रथ लगनखेलको थटिटोलमा पुगेपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ। ... बाँकी अंश»

प्रम ओली खर्पन-डोको बोक्न तयार, पुन:निर्माणमा जुट्न आग्रह 

२०७५ बैशाख १२ बुधबार, काठमाडौं। प्रधानमन्त्री केपी ओलीले भूकम्प गएको तीन बर्षको स्मृती कार्यक्रममा आफु पुन निर्माणकालागि कोदालो खन्न, खर्पन बोक्न, ईट्टा बोक्न तयार रहेको बताएका छन्।  धरहरामा भएको एक कार्यक्रममा प्रम ओलीले भने -'भू–कम्पले ढलेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ । त्यसका लागि म कोदालो खन्न तयार छु, खर्पन र डोकोमा इँटा बोक्न तयार छु । हामी जहाँ छौं, त्यहिँबाट नव–निर्माणमा जुटौं ।' ... बाँकी अंश»

भुकम्पको तीन बर्ष: देशभर एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण भएनन्

२०७५ बैशाख १२ बुधबार, काठमाडौ। विनाशकारी भूकम्पको तीन वर्ष बिते पनि हालसम्म सामुदायिक विद्यालयका ध्वस्त भएकामध्ये एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण हुन सकेको छैन ।  २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट ३१ जिल्लाका सात हजार ९२३ विद्यालयका करीब ३९ हजार कक्षाकोठा पूर्ण र आंशिकरुपमा क्षतिग्रस्त भएकामा हालसम्म १३ हजार २४९ कक्षाकोठा पुनःनिर्माण भएको छ । भूकम्पबाट २१ हजार १६९ कक्षाकोठा पूर्ण, १२ हजार ५२२ अधिक र १५ हजार ९९० कक्षाकोठा आंशिकरुपमा क्षतिग्रस्त भएका थिए ।  ... बाँकी अंश»

रेडियन्ट ग्याँसको त्रास सुल्झाउन संघर्ष समितिको माग 

२०७५ बैशाख १२ बुधबार, कैलाली। कैलालीको गोदावरीमा वस्तीसंगै जोडिएको रेडियन्ट ग्याँस स्थानान्तरणका लागि स्थानीयले माग गरेका छन् । उनीहरुले लामो समयदेखि रेडियन्ट ग्याँस स्थानान्तरण संघर्ष समिति नै गठन गरी संघर्ष गरिरहे पनि सम्बन्धित निकाय एवं प्रशासनले समेत वास्ता नगरेको भन्दै पत्रकार सम्मेलन गरी दुःख व्यक्त गरेका छन् ।  ... बाँकी अंश»

करिब ९ हजार नेपाली अमेरिकाबाट फर्काईंदै !

२०७५ बैशाख १२ बुधबार, एजेन्सी। सन् २०१५मा नेपालमा आएको भुकम्प प्रभावितहरुलाई अस्थायी रुपमा अमेरिका बस्न दिने सुविधामा कटौती गर्दै करिब ९ हजार नेपालीलाई फर्जकाउने तयारी भएको अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयलाई उदृत गर्दै वाशिङटनपोष्टले समाचार बनाएको छ। ... बाँकी अंश»

कांग्रेस देशको लाइफ र लाइक दुबै हो – कृष्ण सिटौला 

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस देशको लाइफ र लाइक द’बै भएको बताएका छन् । ... बाँकी अंश»

‘काँग्रेसभित्र वैचारिक र सैद्धान्तिक बहस जरुरी’

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा बहस र छलफल जरुरी रहेको बताएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको सिद्धान्त तथा नीति अनि पार्टीको संगठन विषयमा काँग्रेस अस्पष्ट र अल्मलिएको अवस्थामा रहेको उल्लेख गर्दै २०४८ सालपछि पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा कहीँकतै बहस र छलफल नभएको धारणा राखे। ... बाँकी अंश»

निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भिर : गृहमन्त्री थापा

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उहाँहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्। आज ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री थापाले आयोगका पदाधिकारीको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे। ... बाँकी अंश»

नयाँ