समसामयिक

नेकपाको नेतृत्वलाई भीम रावलको सोमबार साँझसम्मको अल्टिमेटम, ओली र प्रचण्ड टेन्सनमा

२०७५ जेठ ७ सोमबार, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा नेतृत्वको व्यवस्थापन सही ढंगले नभएको आरोप लगाउँदै खुलेआम नयाँ संगठन बनाउने च्यालेन्जसहित उत्रिएका विघटित एमालेका उपाध्यक्ष भीम रावलले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएका छन् ।  ... बाँकी अंश»

नेकपामा सल्कियो भुसको आगो, केपी र माधव नेपाल विरुद्ध भिम रावल मोर्चा खोल्दै

२०७५ जेठ ६ आइतबार, काठमाडौं। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टीमा नेतृत्वको व्यवस्थापन सहि ढंगमा हुन नसक्दा पार्टी नेताहरु बीचको असमझदारी सतहमा देखिने अवस्थामा पुगेको छ। नेताहरुले महसुस गरेको अपमान र पीडा भुसको आगो झै सल्किएको छ। सामान्य हावाको झोकाले नै सो आगोलाई सतहमा देखिने अवस्थामा पुर्‍याउने अवस्थामा पुर्‍याएको छ।  ... बाँकी अंश»

यसकारण देउवाले दिनुपर्छ निधीलाई कार्यवाहक

२०७५ जेठ ६ आइतबार, पूनर्गठित नेकपासँग चुनावी प्रतिस्पर्धामा खरो उत्रन सक्ने अवस्थामा  पुर्याउन नेपाली कांग्रेससँग दुई वटा विकल्प छन् । एउटा विकल्प हो, ‘पार्टीलाई पूर्णरूपमा एक ढिक्का बनाउनु ।’ ... बाँकी अंश»

एमाले–माओवादी एकीकरणमा डा बाबुराम भट्टराईको यो अर्को कटाक्ष 

२०७५ जेठ ६ आइतबार, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणप्रति नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कटाक्ष गरेका छन् । ... बाँकी अंश»

नेपाल कम्युनिष्ट पार्टीमा खोइ त महिला ? 

२०७५ जेठ ६ आइतबार, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा महिला सहभागीता कम भएपछि ओलोचना बढ्दै गएको छ । महिलाको सहभागीता नहुँदा पार्टी सन्तुलित नभएको आरोप पनि लाग्दै गएको छ ।  ... बाँकी अंश»

देवप्रसाद गुरुङको जिब्रो लटपटिएपछि

२०७५ जेठ ५ शनिबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भने, “सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको नाम लिँदा यस्तो अलमल हुन सक्छ ।” ... बाँकी अंश»

राप्रपाले अध्यक्षको अधिकारलाई कटौती गर्ने

२०७५ जेठ ५ शनिबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने भएको छ । यही जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकले पार्टीको विधानमा हाल कायम रहेको अध्यक्षको धेरै अधिकारलाई कटौती गरी लोकतान्त्रिक बनाउन लागेको छ । ... बाँकी अंश»

हाम्रा प्रधानमन्त्रीलाई विमानमा पाईलट र कोपाईलट हुन्छ भन्ने थाहा रैनछ: प्रदिप पौडेल

२०७५ जेठ ५ शनिबार, बागलुङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता प्रदिप पौडेलले नेपालका सवै कम्युनिष्ट एकै ठाउँमा भए पनि कांग्रेसलाई कुनै पनि प्रकारका धक्का नलाग्ने बताएका छन । नेपाल तरुणदल बागलुङको जिल्ला स्तरीय भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस मालिकहरुको ज्याजदि विरुद्ध लडने पार्टि भएका कारण देशका सवै कम्युनिष्ट एकै ठाउँमा भए पनि कुनै असर नपर्ने बताएका छन । ... बाँकी अंश»

सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्नसक्छ : नेता सिटौला

२०७५ जेठ ५ शनिबार, बनेपा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । शनिवार काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सरकारको शुरुवाती दिनबाट नै शिक्षक, प्रशासनलगायतलाई तर्साउने काम गरेकाले त्यसले राम्रो नगर्ने उनको भनाइ छ । ... बाँकी अंश»

राणा, राजा र माओवादीको बन्दुकसँग नडराएको कांग्रेस कम्युनिष्टसँग डराउनु पर्दैन : थापा

२०७५ जेठ ५ शनिबार, कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन कुमार थापाले जस्तोसुकै परस्थितीमा समेत लोकतन्त्र बचाउन नेपाली कांग्रेस लाग्ने बताएका छन् । उनले यस्तो कुरा नेपाल तरुण दल कपिलवस्तुले गोरुसिंगेमा राखेको कार्यकर्ता प्रशिक्षण समारोहमा राखेका हुन् । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको चीन भ्रमण एक महिनापछि

२०७५ जेठ ५ शनिबार, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताएका छन् । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेकलगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चलाई सक्रिय गराउन नेपालले प्रयास गर्ने स्पष्ट गरे । ... बाँकी अंश»

नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ: शंकराचार्य

२०७५ जेठ ५ शनिबार, चितवन । श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताएका छन् । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उनले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भने, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।” ... बाँकी अंश»

पार्टी एकता नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना: प्रचण्ड

२०७५ जेठ ५ शनिबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिवार बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताए । ... बाँकी अंश»

बिप्लवको नेकपाले भित्र्यायो AK-47 र मेसिनगन, सिराहामा सैन्य तालिम, सरकार बेखबर

२०७५ जेठ ५ शनिबार, सिराहा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सिराहा र सप्तरीका विभिन्न ठाउँमा सैन्य संरचना बनाएर गतिविधी बढाएका छन्। साथै उनीहरुले भारतसँग जोडिएको सप्तरी र सिरहा जिल्लाको विभिन्न नाकाहरुबाट हतियार भित्र्याउन थालेको समेत खबर प्राप्त भएका छन्।  ... बाँकी अंश»

नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यका लागि नीति–मापदण्ड बनाइने

२०७५ जेठ ५ शनिबार, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ। तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ। धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए। ... बाँकी अंश»

पेट्रोलियम पदार्थको भाउ बढाएको विरोध गर्ने विद्यार्थीहरु प्रहरी हिरासतमा, सरकार अनुदार

२०७५ जेठ ५ शनिबार, काठमाडौं। सरकार विरोध सुन्न नै नचाहने प्रवृती देखिन थालेको छ। सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धी गरेको विरोधमा उत्रिएकाहरुलाई प्रहरी हिरासतमा लिएको घटनाले सरकार आफ्नो विरोध सुन्नै नचाहने प्रवृती देखिएको हो।  ... बाँकी अंश»

पुरानो एमाले कार्यालयमा ओलीले दाहाललाई, माओवादी कार्यालयमा दाहालले ओलीलाई गरे स्वागत

२०७५ जेठ ४ शुक्रबार, काठमाडौँ । पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले शुक्रवार तत्कालीन नेकपा एमालेको धूम्रबाराहीस्थित र तत्कालीन नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गरेका छन् । ... बाँकी अंश»

प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयको रुपमा दुरुपयोग नगर्न ओलीलाई थापाको चेतावनी

२०७५ जेठ ४ शुक्रबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पार्टी कार्यालयको रुपमा दुरुपयोग नगर्न चेतावनी दिएका छन् । थापाले शुक्रवार ट्विट गर्दै सो कुरा बताएका हुन् । ... बाँकी अंश»

प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो : किराँती

२०७५ जेठ ४ शुक्रबार, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । ... बाँकी अंश»

प्रचण्डले लिए मातृका यादवको अवस्था बारे जानकारी

२०७५ जेठ ४ शुक्रबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । ... बाँकी अंश»

नयाँ