world cup

पत्रपत्रिकाबाट

फौजी संरचनामा जाँदै सशत्र प्रहरी

२०७५ असार १० आइतबार,  काठमाडौं । अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बल आगामी साउनदेखि नयाँ संरचनामा परिवर्तन हुने भएको छ । सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब अर्ध सैनिक प्रकृतिको यो फौज पुरै फौजी संरचनामा जाने भएको छ । ... बाँकी अंश»

गैरसरकारी संस्थाको चर्को दबाब, निर्णयबाट पछि हट्यो सरकार

२०७५ असार ९ शनिबार, काठमाडौं। गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ। स्थानीय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि सरकार त्यस निर्णयबाट पछि हटेको हो।  ... बाँकी अंश»

सुन तस्करी प्रकरणः यूएईबाट सूचना लिन कानुनी अडचन

२०७५ असार ९ शनिबार, काठमाडौं। अन्तरदेशीय संगठित सुन तस्करीबारे संयुक्त अरब इमिरेट्स (यूएई) बाट सूचना लिन कूटनीतिक तथा कानुनी अडचन देखिएको छ। तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय विशेष समितिले यूएईबाट सहजै सूचना लिन नसक्ने देखिएको हो।  ... बाँकी अंश»

प्रहरीको निगरानीमा एक सय ९० गुण्डा नाइके

२०७५ असार ९ शनिबार, काठमाडौं। उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? प्रहरीले गुण्डाहरूको सूची बनाएको छ। जसअनुसार, उपत्यकामा एक सय ९० गुण्डा छन्। उनीहरूविरुद्ध प्रहरी आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ। गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ। ... बाँकी अंश»

टिपर आतंकः एक महिनामा ६ को मृत्यु

२०७५ असार ९ शनिबार, काठमाडौं। पछिल्लो एक महिनामा मात्र टिपर चालकको लापरबाहीबाट काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको छ। महाशाखाका प्रवक्ता सुरेन्द्र प्रसाद मैनाली भन्छन्, घाइते हुनेको संख्या झनै धेरै छ। उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ।  ... बाँकी अंश»

विभूषण ग्रहण गर्दा राष्ट्रिय पोशाक लगाउनु पर्ने बाध्यकारी व्यवस्था 

२०७५ असार ८ शुक्रबार, काठमाडौं । सरकारले विभूषण ग्रहण गर्दा राष्ट्रिय पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ । ... बाँकी अंश»

चिनियाँ राष्ट्रपति सीले रेलले काठमाडौं जोड्ने फेरि गरे प्रतिवद्धता, तिथिमिति आएन  

२०७५ असार ७ बिहिबार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ रेलले काठमाडौंलाई जोड्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार बेइजिङमा भएको भेटवार्ता सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् । ... बाँकी अंश»

किन आफ्नै निर्णयबाट पछि हटे गृहमन्त्री बादल 

२०७५ असार ५ मंगलबार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल गैरसरकारी संस्था र पदाधिकारीको सम्पत्ति छानबिन गर्ने आफैंले गरेको निर्णयबाट पछि हटेका छन् । ... बाँकी अंश»

गृहमन्त्री बादल ठेकेदारलाई कार्वाही गर्न खोज्ने, भौतिक मन्त्री महासेठ बचाउन खोज्ने 

२०७५ असार ४ सोमबार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन्। मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष ‘कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने’ प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन्।  ... बाँकी अंश»

राजनीतिक भूमरीमा कर्मचारीः केन्द्रीय सरकार खटाउने, स्थानीय तह फिर्ता पठाउने 

२०७५ असार १ शुक्रबार, काठमाडौं । स्थानीय तहमा कर्मचारी अभाव भइरहेका बेला केही स्थानीय तहले केन्द्रबाट पठाइएका कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। उपसचिव तहका कर्मचारी फिर्ता गरी ती स्थानीय तहले प्रशासकीय अधिकृतका रूपमा विद्यालय निरीक्षक र नायब सुब्बासरहका कर्मचारीलाई जिम्मेवारी दिन थालेका छन्।  ... बाँकी अंश»

संविधान मिचेर १६ न्यायाधीश नियुक्त

२०७५ जेठ ३१ बिहिबार, काठमाडौं । संविधानको मर्म विपरित न्याय परिषद्ले परीक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ति सिफारिस गरेको पाइएको छ । परिषद्ले संविधानको धारा १ सय ४९ (क) लाइ मिचेर (ख) र (ग) बमोजिम न्यायाधीश नियुक्ति गरेको खुलेको हो । ... बाँकी अंश»

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

२०७५ जेठ २९ मंगलबार, काठमाडौं। नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्। ... बाँकी अंश»

अन्तर्राष्ट्रिय विमानस्थलका गुप्तचरको सेटै परिवर्तन 

२०७५ जेठ २९ मंगलबार, काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानस्थल निगरानी उपशाखामा खटिने पूरै सेट विभाग तानिएको छ। सेटलाई विभाग तानेर उपशाखामा क–कसलाई पठाइयो भन्ने विभागले खुलाएको छैन। ... बाँकी अंश»

नेकपा र फोरमबीच पार्टी एकता ?

२०७५ जेठ २१ सोमबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अन्डरलाइन र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । ... बाँकी अंश»

अर्थमन्त्री कि वडाध्यक्ष ?     

२०७५ जेठ २० आइतबार, काठमाडौं । तत्कालीन एमाले अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्य बन्ने आशीर्वाद पाएपछि अर्थमन्त्री भएका युवराज खतिवडालाई आफ्नै पार्टीका सांसदहरूले झापाबाट वडाध्यक्ष जितेर देखाउन चुनौती दिएका छन् । ... बाँकी अंश»

प्रचण्डविरुद्ध महराको यस्तो गुनासो 

२०७५ जेठ २० आइतबार, काठमाडौं । नेपालको राजनीतिमा अत्यन्तै चतुर र धूर्त मानिने व्यक्ति हुन् पुष्पकमल दाहाल । उनको त्यही चतुर्याइँका कारण उनीसँग उनका विश्वास पात्रहरू क्रमशः टाढा हुँदै गएका छन् । त्यतिमात्र होइन प्रचण्डको आफन्तमोह पनि विश्वासपात्र टाढिने अर्को कारण हो ।  ... बाँकी अंश»

नारा मधेस लक्ष्य सत्ता !

२०७५ जेठ १९ शनिबार, काठमाडौं।  तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटक पटक सत्तारोहण गरे। पछिल्लोपटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा सामेल भएका उनको दलको सधैंभरिको मुद्दा 'मधेस' नै रह्यो।  ... बाँकी अंश»

दरबार हत्याकाण्डको १६ बर्ष

२०७५ जेठ १९ शनिबार, काठमाडौं। दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ। तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन। नेपाली जनताले सधैँ भन्ने गरेका छन्, राजा विरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस्।  ... बाँकी अंश»

एसएसपी खत्रीले सुन तस्करीको सेटिङ मिलाउने गर्थे

२०७५ जेठ १८ शुक्रबार, मोरङ्ग। अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन्। त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए।  ... बाँकी अंश»

बन्दरगाहमा थन्किए १७ सय ५० बढी कन्टेनर 

२०७५ जेठ १८ शुक्रबार, पर्सा। तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ। तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगन्ज आई मालवाहक कन्टेनर तथा वीरगन्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खाली तथा मालवाहक कन्टेनर यसरी वीरगन्ज र कोलकातामा ठूलो परिमाणमा थन्किएका ... बाँकी अंश»

नयाँ