प्रदेश सरकार

कर्णालीलाई हेप्न अझै छोडेन केन्द्र सरकारले, लौ हेर्नुस् त 

२०७५ जेठ ८ मंगलबार, सुर्खेत । कर्णाली हिजो पनि हेपिएकै थियो, आज पनि हेपिएकै छ । मुलुक संघीयतामा गएपछि अब कर्णाली प्रदेशले पनि सम्मान पाउँछ भन्ने भ्रम केन्द्र सरकारबाट नपाले पनि भयो ।  ... बाँकी अंश»

मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

२०७५ जेठ १ मंगलबार, महेन्द्रनगर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ।  ... बाँकी अंश»

बुटवलमा बस्यो पहिलो नगर इजलास

२०७५ जेठ १ मंगलबार, बुटवल । न्याय निरुपणका लागि संवैधानिक अधिकार पाएको स्थानीय तहमा अहिले अभ्यास सुरु भएको छ । सोही क्रममा बुटवल उपमहानगरपालिका न्यायिक समितिको प्रथम इजलास बस्यो । समितिको कार्यविधि तयार भएपछि सोमबार प्रथम इजलास बसेको हो । ... बाँकी अंश»

विद्युत सर्टभएपछि प्रदेशसभा बैठक १ घण्टा ढिलो शुरु

२०७५ जेठ १ मंगलबार, बुटवल । प्रदेशसभा ५ को भवनमा विद्युत सर्ट भएपछी १ घण्टा ६ मिनेट ढिलो शुरु भएको छ । दिउँसो १ बजेका लागि बैठक आब्हान गरिएको थियो । बैठक बस्ने अन्तिम तयारी भैरहेका बेला सभामा जोडिएको विद्युत लाइन सर्ट भएपछि २ बजेमात्रै विद्युत बनेको थियो । ... बाँकी अंश»

एक करोड बराबरको मोवाइल चोरी हुदाँ पनि चोर पक्रिन सकेन प्रहरीले

२०७५ जेठ १ मंगलबार, बुटवल । बितेको पाँच वर्षमा बुटवल र भैरहवा क्षेत्रबाट मात्रै एक करोडबढीको मोवाईल चोरी भएको छ । श्रृंखलाबद्ध रुपमा भएको मोवाईल पसल चोरीका कारण मोवाईल ब्यवसायिले एक करोड नोक्सानी ब्यहोर्नु परेको हो । बुटवल क्षेत्रमा महिनै पिच्छे पसलमा चोरी हुँदा प्रहरी प्रशासन मुखदर्शक बनेको र चोरी कार्यमा संलग्न यसै उम्किने गर्दा ब्यवसायि त्रसित समेत बनेका छन् । ... बाँकी अंश»

लामिछानेको स्वास्थ्य अवस्था गम्भीर

२०७५ बैशाख ३१ सोमबार, भक्तपुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किएका उनलाई आइतबार मष्तिस्कघात (ब्रेन ह्यामरेज) भएको हो ।  ... बाँकी अंश»

रुपन्देही तिलोत्तमा नगरपालिका नयाँ मिल चोकमै प्रेसर कुकर बम, स्थानिय त्रासमा

२०७५ बैशाख ३० आइतबार, रुपन्देही। नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दमा बमको त्रास व्यापक रुपमा देखिएको छ। बम आक्रमण र आगजनीले ठाउँठाउँमा जनजीवन प्रभावित समेत भएको छ। ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानियहरुमा त्रसित भएका छन्।  ... बाँकी अंश»

राजधानी र नामाकरण सहमतिमा : मुख्यमन्त्री राई

२०७५ बैशाख २९ शनिबार, गाईघाट, उदयपुर। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताए। गाईघाटमा प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपाल, उदयपुरले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेनमा मुख्यमन्त्री राईले भने, “प्रदेश सरकारले आगामी जेठ १५ सम्म प्रदेशको राजधानी कहाँ राख्ने र नाम के राख्ने भन्ने कुरा सहमतिबाट नै टुंगो लगाउनेछ।” ... बाँकी अंश»

भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत, हेलिकप्टर हैन विमानमा 

२०७५ बैशाख २८ शुक्रबार, जनकपुर । नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुगेका छन् ।  ... बाँकी अंश»

रंगभूमि मैदानमा अस्तव्यस्तता, सुरक्षाको कारण देखाउँदै नागरिकलाई दुःख

२०७५ बैशाख २८ शुक्रबार, जनकपुरधाम । जनकपुरधामको १२ बिघास्थित रंगभूमि मैदानमा लाखौं सर्वसाधारण नागरिक उतार्ने योजना बनाएको प्रदेश नम्बर २ सरकारको योजना सफल हुन नसके पनि आएका जति नागरिकले समेत सास्ती पाएका छन् ।  ... बाँकी अंश»

मोदी भ्रमणको बहानामा ओलीले लगाए गंगासागरमा डुबुल्की

२०७५ बैशाख २८ शुक्रबार, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदै छन् । उनी १०ः१५ बजे जनकपुर आउने कार्यक्रम रहे पनि केही ढिलाई हुने बुझिएको छ । उनी पटनाबाट विशेष सुरक्षासहित हेलिकप्टरमा जनकपुर आउँदै छन् । जनकपुर आएपछि उनी सीधै जानकी मन्दिर जानेछन् ।  ... बाँकी अंश»

मोदी पहिलो प्रधानमन्त्री जसले जानकी मन्दिरमा गर्दैछन् षोडसोपचार विधिबाट पूजा

२०७५ बैशाख २८ शुक्रबार, महेन्द्रनगर । शुक्रबार जनकपुर भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्दैछन् ।   ... बाँकी अंश»

रंगभूमिमा रातिदेखि नै लाइन 

२०७५ बैशाख २८ शुक्रबार, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न नागरिक अभिनन्दनस्थल जनकपुरको बाह्रबिघा रंगभूमिमा बिहिबार रातिदेखि नै सर्वसाधारण भेला भएका छन् । शुक्रबार बिहान उज्यालो हुँदासम्म त हजारौंको संख्यामा सर्वसाधारण आएका छन् ।  ... बाँकी अंश»

बिकास र समृद्घिको यात्रा सुरु : शभामुख थापा

२०७५ बैशाख २७ बिहिबार, बझाङ, (चैनपुर)। प्रदेश नम्बर सातका शभामुख अर्जुन थापाले सबै तहको निर्बाचन समाप्त भई देशमा बिकास र समृद्घि यात्रा सुरु भएको बताउनु भएको छ। बझाङ सदरमुकाम चैनपुरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको सम्मान कार्यक्रममा बोल्दै शभामुख थापाले तिनै तहका सरकारहरुले बिकासको गतीलाई तिब्ररुपमा अगाडी बढाई बिकास र समृद्घिको यात्रामा देश अगाडी बढेको बताउनु भएको हो।  ... बाँकी अंश»

कर्णाली प्रदेशका मुख्यमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०७५ बैशाख २६ बुधबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णाली प्रदेशको विकासका लागि गम्भीर रहेको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिकातर्फबाट प्रस्तुत ज्ञापनपत्र बुधवार बालुवाटारमा बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

२०७५ बैशाख २६ बुधबार, विराटनगर । विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले बुधवार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरिएको हो । ... बाँकी अंश»

मोदीको भ्रमणमा घर घरमा फूलमालाको सजावटसहित पूजा कलश राख्न मुख्यमन्त्रीको आग्रह

२०७५ बैशाख २५ मंगलबार, जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्र्रदेशवासीलाई आग्रह गरेका छन् । भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानीले भरिएको पूजा कलश राख्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् । ... बाँकी अंश»

सांसदहरूको गुनासो : पारिश्रमिक र सुविधा पुगेन

२०७५ बैशाख २५ मंगलबार, बुटवल । प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले आफ्नो पारिश्रमिक तथा सुविधा अपर्याप्त भएको गुनासो गरेका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ बमोजिम प्रदेश नं ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि सैद्धान्तिक छलफल गर्दै उनीहरुले मर्यादाक्रमका आधारमा मात्रै सेवा सुविधा आउनुपर्नेमा जोड दिए । ... बाँकी अंश»

सकियो प्रदेश ५ को प्रथम अधिवेशन

२०७५ बैशाख २५ मंगलबार, बुटवल । प्रदेश नम्बर ५ को प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रमा अधिवेशन बैशाख २५ गते मंगलबार राति १२ बजेबाट सकिने उल्लेख गरिएको छ । ... बाँकी अंश»

सरकारलाई सबैपक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाब

२०७५ बैशाख २५ मंगलबार, बुटवल । प्रदेश नम्बर ५ सरकारले आगामी आर्थिक बर्ष २०७५/०७६ को बजेट तयारी गरिरहेका बेला बिभिन्न क्षेत्रबाट सुझाब आउन थालेको छ । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने माननीयहरुले सरकारलाइ सबैपक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाएका छन् । ... बाँकी अंश»

Total:228

नयाँ