प्रदेश

घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट

२०७७ असार ३१ बुधबार, डडेल्धुरा। घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन् । ... बाँकी अंश»

ओली घुससहित पक्राउ

२०७७ असार ३१ बुधबार, नेपालगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली घुससहित पक्राउ परेका छन् । ... बाँकी अंश»

प्रदेशसभामा कोरोना कसरी छिर्‍यो, खोजी सुरु

२०७७ असार ३० मंगलबार, प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । कसरी प्रदेशसभामा कोरोना छिर्‍यो भन्ने खोजी भइरहेको महाशाखा प्रमुख डा तिवारीले बताए। ... बाँकी अंश»

रोकिएन कर्णाली भित्रिने क्रम

२०७७ असार ३० मंगलबार, उक्त बैठकले गत जेठ १५ गतेबाट विदेशबाट स्वदेश फर्कने सबै नागरिकका लागि छिन्चुमा खाना खुवाउन प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दियो । सोही निर्देशन अनुसार खाना खुवाउन शुरु गरेको सरकारले यही असार ४ गतेसम्म २२ दिनमा करिब २९ हजार भारतबाट कर्णाली भित्रिने नागरिकहरुलाई खाना खुवाईएको मन्त्रालयको वन वातावरण तथा जलवायु परिवर्तन महाशाखाका प्रमुख तथा खाना व्यवस्थापन समितिका संयोजक राजेन्द्रकुमार वासुकलाले जानकारी दिए । ... बाँकी अंश»

डोल्पा हुँदै जुम्ला पुग्यो सलह, किसान बाजा बजाउदै

२०७७ असार ३० मंगलबार, बैठकमा सलह किरा डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिइयो । उहाँले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिनुभयो । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ । ... बाँकी अंश»

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोकियो कोरोना परिक्षणः मुख्यमन्त्री र स्थानीयतहको उधारो आश्वासन, उधारै मेसिन

२०७७ असार २७ शनिबार, दाङ। जिम्मेवार राजनेता र सरकारी उच्च पदस्थ अधिकारीको उधारो आश्वासनमा उधारैमा खरीद गरिएको पिसिआर परीक्षण मेसीन सञ्चालन प्रक्रियामा आर्थिक समस्या भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दुईवटा पिसिआर परीक्षण मेसिन भएपनि परीक्षण रोकिएको छ । ... बाँकी अंश»

बुटवलमा तीन जनाद्धारा आत्महत्या

२०७७ असार २७ शनिबार, रुपन्देही । चीनको वुहान शहरवाट विश्वका अधिकांश देशहरुमा फैलिएर ठुलो मानविय क्षति पुर्याएको कोरोना भाईरस (कोभिड–१९) ले निम्त्याएको विषम संकटताले नेपालमा पछिल्लो समय आर्थिक र मनोसामाजिक क्षेत्रमा नकारात्कम असर पुर्याउन पुगेको पाईएको छ । ... बाँकी अंश»

नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : अध्यक्ष दाहाल

२०७७ असार २७ शनिबार, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ। भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्नुहुँदै उहाँले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताउनुभयो ।  ... बाँकी अंश»

पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ

२०७७ असार २७ शनिबार, म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो । सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले आज बिहानसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन्।  ... बाँकी अंश»

अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

२०७७ असार २७ शनिबार, काठमाडौं। कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ। विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पुर्‍याएको छ। मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो। पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन।  ... बाँकी अंश»

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख र घाइतेको निःशुल्क उपचार गरिने

२०७७ असार २७ शनिबार, कास्की। जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रति मृतक रु एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। ... बाँकी अंश»

आर्थिक बर्षको अन्त्यमा पशु कार्यालयका साहले किर्ते गरि अनियमितता गरेको आरोप

२०७७ असार २६ शुक्रबार, वीरगंज। विगत ६ वर्षदेखि पर्साको एउटै कार्यालयमा कार्यरत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका कार्यालय प्रमुख रामपरिक्षण साहले अवकाशको पूर्व सन्ध्यामा अनियमिततामा मुसिएका छन् । ... बाँकी अंश»

सर्लाहीमा सेनाका ६ जना सुरक्षाकर्मीलाई देखियो कोरोना

२०७७ असार २६ शुक्रबार, सुरक्षाकर्मीहरु मध्ये ६ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । शुक्रबार थपिएका ६ जना संक्रमित समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ६५८ पुगेको छ । ... बाँकी अंश»

गण्डकी प्रदेशमा ११ को मृत्यु १२ जना बेपत्ता

२०७७ असार २६ शुक्रबार, अविरल वर्षाका कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–६ स्थित रापुखोलामा आएको बाढीले बगाएर ठाँडाखानीका ५० वर्षीय नलिमान छन्त्यालको मृत्यु भएको छ भने धवलागिरी गाउँपालिका–६ का चार घर पुरिँदा १० जना तथा मालिका गाउँपालिका–७ निमदुलेका ४० वर्षीया विष्णु पौडेल र चार वर्षीया छोरी ईशा पौडेल बेपत्ता भएका छन् । ... बाँकी अंश»

तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन

२०७७ असार २६ शुक्रबार, जोखिम न्युनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तैयारी बारे जानकारी लिदै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिए। ... बाँकी अंश»

अनिवार्य मास्क प्रयोग गर्न आग्रह, नत्र कार्बाही

२०७७ असार २६ शुक्रबार, पाँच दिनअघि गृह मन्त्रालयले विनामास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ । “पहिलो चरणमा हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उनले भने, “विस्तारै निगरानी र कारवाही अघि बढ्छ ।” विनामास्क घर बाहिर हिँडे सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने  प्रहरीले जनाएको छ । ... बाँकी अंश»

पहिरोमा पुरिएर पोखरामा मृत्यु हुनेको संख्या ७ पुग्यो, १२ जना घाइते

२०७७ असार २६ शुक्रबार, पोखराका विभिन्न स्थानमा गएको पहिरोमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । जसमा १२ जना घाइते भएका छन् ।  ... बाँकी अंश»

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते, दुई गम्भीर

२०७७ असार २६ शुक्रबार, अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।  ... बाँकी अंश»

किसानका समस्या समाधानका लागि काँग्रेस नेता बिष्टद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

२०७७ असार २५ बिहिबार, धान बाली र उखु बालिमा युरिया लगायतका रासायनिक मल आबश्यक रहेका बेला मल अभाव हुँदा सुदुर पश्चिममा खाद्य संकटको अबस्था आउने देखिएकोले अबिलम्ब मलको ब्यबस्थापन गर्नु पर्ने , बैशाखा-बेलौरी-कलुवापुर सडकको निर्माणका लागि ठेक्का भइ कार्य सुरु भएपनि हाल निर्माणकार्य रोकिएकोले अबिलम्ब सुरु गरिनु पर्ने , हुँदै गरेको पुर्व पश्चिम रेल मार्गको सर्वेमा जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास-बेलौरी-बेल्डाँडी हुँदै महाकाली नगरपालिकाको दोधारा चाँदनीलाई जोड्न पहल गर्नु पर्ने लगायतका २३ बुँदे माग सहित मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन बुझाइएको हो । ... बाँकी अंश»

संघीयमा मात्र हैन सत्तारुढ नेकपा प्रदेशमा पनि पेलेरै गयो

२०७७ असार २५ बिहिबार, संघीय संसदमा मात्र हैन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशसभाबाट पनि विपक्षी दलहरुलाई पेलेर जाने प्रवृत्ति बढेको छ ।  ... बाँकी अंश»

नयाँ