world cup

विश्व

आफै सवारी हाँक्न पाएपछि साउदीका महिला खुशी

२०७५ असार १० आइतबार, रियाद ।साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । ... बाँकी अंश»

राष्ट्रपतिमाथि बम हमला 

२०७५ असार १० आइतबार, काठमाडौं । जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङगाग्वामाथि बम हमला भएको छ । उनलाई बुलावायो शहरमा लक्षित गर्दै भएको बम हमलामा भएको हो । यो हमलामा उनी मुस्किलले जोगिएका छन् ।  ... बाँकी अंश»

गुजरातमा भएको सडक दुर्घटना सातको मृत्यु

२०७५ असार ९ शनिबार, नयाँ दिल्ली। पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ। ... बाँकी अंश»

रहेनन् दक्षिण कोरियाली पूर्वप्रधानमन्त्री किम जोङ पिल

२०७५ असार ९ शनिबार, सोल । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ । ... बाँकी अंश»

अमेरिकाद्वारा दक्षिण कोरियाली सेनासँगको सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द

२०७५ असार ९ शनिबार, वासिङटन। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भएको शिखर वार्ताको सफलतापछि यसैमा केन्दित भएर यो निर्णय गरिएको पेन्टागनका प्रवक्ताले जानकारी दिएका छन्। ... बाँकी अंश»

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने

२०७५ असार ८ शुक्रबार, रियाद ।साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । ... बाँकी अंश»

ज्याकेटको कारण विवादमा मेलानिया, ट्रम्पले गरे बचाउ

२०७५ असार ८ शुक्रबार, काठमाडौं । अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्प पुनः एकपटक आफूले लगाएको कपडाको कारण विवादमा आएकी छिन् । यसअघि पनि आफ्नो स्टाइल र कपडाको कारण विवादमा पर्ने गरेकी मेलानिया पछिल्लो समय लगाएको ज्याकेटको कारण विवादमा आएकी हुन् ।  ... बाँकी अंश»

युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो

२०७५ असार ७ बिहिबार, मानाना, अफगानिस्तान । अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ । अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २४ घण्टायता ५९ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् । ... बाँकी अंश»

दक्षिण कोरियामा मासुका लागि कुकुर मार्न प्रतिबन्ध

२०७५ असार ७ बिहिबार, सोल । दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ । बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् । ... बाँकी अंश»

यसो भनिन् नरेन्द्र मोदीकी पत्नी जसोदाबेनले 

२०७५ असार ७ बिहिबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विवाहित रहेको भन्दै उनकी पत्नी जसोदाबेनले भ्रम नफैलाउन आग्रह गरेकी छिन् । उनले भनिन् ‘एक महिला भएर पनि आनन्दीबेन पटेलले दिएको बयानले मलाई यो सफाइ दिन परिरहेको छ, मेरो लागि यो दुःखको कुरा हो, मोदी विवाहित हुनुको बाबजुद मानिसहरु यस्तो बयान दिइरहेका छन् ।’ ... बाँकी अंश»

पानामा पेपर्स काण्डः मोसाक फोन्सेकाले कम्पनीका मालिकहरु पत्ता लगाउन सकेन 

२०७५ असार ७ बिहिबार, काठमाडौं । पानामा पेपर्स सार्वजनिक गर्ने अफसोर सेवा प्रदायकले तीन दर्जनभन्दा बढी दर्ता भएका कम्पनीहरुको मालिक पत्ता लगाउन नसकेको बताएको छ ।  ... बाँकी अंश»

हच्किए ट्रम्प, सर्वत्र आलोचनापछि आप्रवासीका बच्चासंग बाबुआमा अलग गर्ने नीति फिर्ता 

२०७५ असार ७ बिहिबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादित आप्रवासी नीतिमा लिएको निर्णय फिर्ता लिएका छन् । आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने प्रकृतिको नियम विपरितकै नीति लिएपछि उनी सर्वत्र आलोचित भएका थिए ।  ... बाँकी अंश»

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

२०७५ असार ६ बुधबार, क्यानबेरा, अस्टेलिया। अष्टेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ। अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ। यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको छ। ... बाँकी अंश»

चाइना पाकिस्तान इकोनोमिक करिडोर  : आर्थिक समृद्धिको आधार

२०७५ असार ६ बुधबार, काठमाडौ। संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ। ... बाँकी अंश»

‘कपटी’ र ‘स्वार्थी’ भन्दै राष्ट्रसंघको मानव अधिकार परिषदबाट अमेरिका बाहिरियो 

२०७५ असार ६ बुधबार, काठमाडौं । अमेरिकाले मंगलबार संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट बाहिरिने निर्णय गरेको छ । अमेरिकाले परिषद् ‘कपटी र आफ्नै स्वार्थ’मा अघि बढिरहेको भन्दै बाहिरिने निर्णय गरेको हो ।  ... बाँकी अंश»

विश्व शरणार्थी दिवसः विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित

२०७५ असार ६ बुधबार, जेनेभा । विश्व शरणार्थी दिवस विश्वभर मनाइँदैछ । नेपालमा पनि शरणार्थी समस्या कायमै छ । भुटानी शरणार्थीहरुको पूर्ण व्यवस्थापन अझै पनि हुन सकेको छैन । ... बाँकी अंश»

ट्रम्प चीनसंग निहुँमात्र खोजिरहन्छन्, फेरि दिए चेतावनी !

२०७५ असार ५ मंगलबार, काठमाडौं । अमेरिकाले चीनबाट आयात हुने सामग्रीहरुमा थप कर बढाउने चेतावनी दिएको छ । अमेरिकाले चीनबाट अमेरिका निर्यात हुने दुई खर्ब डलरबराबरको सामग्रीहरुमा कर बढाउने चेतावनी दिएको हो ।  ... बाँकी अंश»

के चाहन्छन् ट्रम्प अन्तरिक्ष सेना बनाउने घोषणा गरेर 

२०७५ असार ५ मंगलबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले के चाहिरहेका छन् भन्ने कुराको ज्ञान अमेरिकी उच्च तहका नेताहरुले पनि ठम्याउन सकिरहेका छैनन् । उनी शान्तिके पक्षमा छन् वा अशान्ति मच्याइरहेका छन् भन्ने पनि भेउ पाउन कठिन छ ।  ... बाँकी अंश»

साउदीले खसाल्यो यमनबाट प्रहार गरिएको मिसाइल

२०७५ असार ४ सोमबार, काठमाडौं। साउदी अरेबियाको हवाई सुरक्षा प्रणालीले संकटग्रस्त यमनबाट गरिएको ब्यालेस्टिक मिसाइल बीचमा खसालेको छ। साउदीको आधिकारिक समाचार एजेन्सीले दिएको जानकारीअनुसार आइतबार यमनबाट दक्षिणी सहर जिजानलाई लक्षित गरी प्रहार गरिएको मिसाइल बीचमै खसालिएको हो। ... बाँकी अंश»

सडक दुर्घटनाबाट घाइते कम्बोडियाली राजकुमार खतरामुक्त

२०७५ असार ३ आइतबार, नोम्पेन्ह। कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनीकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएको समाचार छ। उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ। उनीहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहेको स्वास्थ्य अधिकारीले जनाएका छन्। ... बाँकी अंश»

नयाँ