प्रबिधि

चिनियाँ एप्समा भारतको प्रतिबन्धपछि चीनद्वारा चासो व्यक्त

२०७७ असार १६ मंगलबार, विश्वका उदीयमान अर्थतन्त्रका रूपमा हेरिने चीन र भारतबीच सिमावर्ती क्षेत्रमा केही हप्ता पहिले तनाव देखिएको थियो । यद्यपि त्यस क्षेत्रमा अहिले तनाव नियन्त्रणमा आएको दुबै देशका अधिकारीहरूले बताउँदै आएका छन् । ... बाँकी अंश»

भारतमा टीकटक, वीच्याट, लाइकी सहित ५९ चिनियाँ एपमाथि प्रतिवन्ध

२०७७ असार १५ सोमबार, काठमाडौं। चीन र भारतबीच जारी तनावकै समयमा सोमबार भारतले चीनका ५९ वटा एपहरुमा प्रतिवन्ध लगाएको छ। भारतको यो घोषणासँगै सामाजिक संजालमा चर्चित रहेको टीकटक सहितका ५९ एप भारतमा सोमबारदेखि डाउनलोड गर्न सकिने छैन। ... बाँकी अंश»

इ–कमर्स प्लेटफर्म स्मार्टडोकोमा आईएमएस ग्रुपको लगानी

२०७७ असार १५ सोमबार, काठमाडौं। आईएमएस ग्रुपले स्मार्टडोकमा पर्याप्त हिस्सेदारी लिदै लगानीको लागि सम्झौता गरेको छ। स्मार्टडोको नेपालको ठूलो ई–कमर्स प्लेटफर्म हो। कम्पनीले विगत चार बर्ष देखि अनलाइनबाट गुणस्तरीय सामानहरू अर्डर गर्ने र ग्राहकको ढोकामा पुर्याउदै आएको छ। ... बाँकी अंश»

ओम्नी ग्रुपलाई पोस्दै ओली सरकार, दिइयो नेपाल टेलिकमको अर्बौंको डिलर

२०७७ असार १४ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोस्दै आएका ओम्नी ग्रुपलाई फेरि अर्को एउटा शुभलाभको काम जिम्मा दिइएको छ । ओम्नीलाई नेपाल टेलिकमको रिचार्ज कार्डको डिलर दिइएको हो ।  ... बाँकी अंश»

कानून त सबैका लागि बराबर होइन र !

२०७७ असार १३ शनिबार, काठमाडौं। मन्त्रीलाई पर्‍यो भने मात्रै साइवरको विषय सम्बोधन हुने कि सामान्य नागरिकका पनि उजुरी र मर्का हेरिन्छ भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायसँग सांसदले जिज्ञासा राखे। प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सांसद रामबहादुर विष्टले माथिल्ला ओहदाका मानिसलाई अप्ठेरोमा पर्दा मात्रै आँखा देख्ने र कान खुल्ने हुनु भएन, कानून त सबैका लागि बराबर होइन र ? भनी प्रश्न गरे। ... बाँकी अंश»

असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

२०७७ असार ११ बिहिबार, वासिङ्टन। अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ। असान्जमाथि यसअघि नै अमेरिकाले १८ वटा अभियोग लगाइसकेको छ र पछिल्लो अभियोग अतिरिक्त अभियोग नभए पनि यसअघिका मुद्दालाई थप बल पुर्‍याउनेतर्फ केन्द्रित छ। ... बाँकी अंश»

अमेजनद्वारा जलवायु परिवर्तनविरूद्धको लडाईंका लागि दुई अर्ब डलर लगानी गर्ने

२०७७ असार ९ मंगलबार, वासिङ्टन। जलवायु परिवर्तन विरूद्धको लडाईं अन्तर्गत कार्बन पुटप्रिन्ट घटाउने प्रयासमा सहयोगका लागि अमेजनलेदुई अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएको छ। “क्लाइमेट प्लेज फण्डले ‘शून्य कार्बनका रूपान्तरणका लागि धेरै क्षेत्रहरूमा विभिन्न संघसंस्थाले गरेको प्रयासमा अमेजनले सहकार्य गर्नेछ,” उक्त विश्व प्रसिद्ध कम्पनीले जनाएको छ। ... बाँकी अंश»

आइसिटी अवार्डको नोमिनेशन शुरू, नयाँ विधासहित ११ विधामा नोमिनेशन गर्न सकिने

२०७७ असार ८ सोमबार, काठमाडौं। सूचना प्रविधि क्षेत्रको आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन असार ८ बाट सुरु भएको छ। लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ सम्म खुल्ला गरिएको जनाइएको छ। ... बाँकी अंश»

सामाजिक संजालमा ‘जंक वान चाइना’ क्याम्पेन

२०७७ असार ७ आइतबार, काठमाडौं। भारत र चीनबीच सीमामा तनाव बढ्दै जादा सामाजिक संजाल पनि तातिएको छ। दुबै देशका सामाजिक प्रयोगकर्ताहरुले एक अर्का देशले लिएको नीति र सरकारको क्रियाकलाप विरुद्ध अभियान नै छेडेका छन्। सीमाको तनाव भन्दा बढी सामाजिक संजालमा तनाव देखिन थालेको छ। यस्तै मध्येको एक अभियान ट्वीटरमा देखिएको छ। चीनले एक चीन नीतिको बारेमा आफ्ना मित्र राष्ट्हरुबाट प्रतिवद्धता लिदै आएको छ। ... बाँकी अंश»

 ‘न्यायमा पहुँच र सूचना प्रविधिको प्रयोग विषयमा वेविनार’ कार्यक्रम

२०७७ असार ७ आइतबार,  ‘न्यायमा पहुँच र सूचना प्रविधिको प्रयोग विषयमा वेविनार’ कार्यक्रममा बोल्दै उनले सूचना तथा सञ्चार प्रविधिको प्रयोग¸ निरन्तर विकास एवं गतिशिलताबाट उपयुक्त अवसर प्राप्त हुन सक्ने ... बाँकी अंश»

मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छ : अर्थमन्त्री खतिवडा

२०७७ असार ३ बुधबार, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको  फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन्। विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजीसेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए। ... बाँकी अंश»

बन्दाबन्दीको बिलम्ब शुल्क टेलिकमद्धारा मिनाहा 

२०७७ असार ३ बुधबार, कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ ।  ... बाँकी अंश»

एनसेलका डेटा र भ्वाइस प्याकहरू लिन अझै सहज

२०७७ असार १ सोमबार, काठमाडौं। एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन्। यसका लागि एनसेल प्रालिले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ। ... बाँकी अंश»

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तिब्र

२०७७ जेठ २९ बिहिबार, लन्डन। बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तिब्र बनाएको छ। अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ। ... बाँकी अंश»

अनलाइन पत्रकार संघमा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना बीमा 

२०७७ जेठ २४ शनिबार, काठमाडौं। अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो । ... बाँकी अंश»

फेसबुकले थप्यो नयाँ फिचर

२०७७ जेठ २३ शुक्रबार, नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ । ... बाँकी अंश»

फोनपेले पायो “पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड”

२०७७ जेठ २२ बिहिबार, काठमाडौं। पेमेन्ट सर्विस फोनपेले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड ’पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त गरेको जनाएको छ। यस मापदण्डले प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको कम्पनीले जनाएको छ। ... बाँकी अंश»

जुम एपमा नयाँ विषेशता थप

२०७७ जेठ १९ सोमबार, नयाँदिल्ली। भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ। विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन्। “जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको छ,” अधिकारीहरूले भनेका छन्।  ... बाँकी अंश»

लकडाउनमा किन बढ्यो मोबाइल र ल्यापटपको माग ?

२०७७ जेठ १९ सोमबार, उहाँले बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्ने व्यापार गर्न भ्याइनभ्याइ भएको जानकारी दिँदै बन्दाबन्दीमा मोबाइलसँगै ल्यापटपको माग बढेको जानकारी दिनुभयो । बन्दाबन्दीका कारण शैक्षिक संस्था पूर्णरुपमा बन्द रहेका छन् । लकडाउनका कारण विद्यालयका पठनपाठन हुन नसकेपछि केही विद्यालय र क्याम्पसले पठनपाठन अनलाइनबाट सञ्चालन गरिरहेका छन् । यसै क्रममा मकवानपुरका सामुदायिक र निजी विद्यालयले निश्चित समय तोकेर अनलाइनबाट सञ्चालन गरिरहेका छन् । मकवानपुर जिल्लाका साथै सदरमुकाम हेटौँडाका केही निजी तथा सामुदायिक विद्यालयले अनलाइनबाट सञ्चालन गर्न थालेपछि मोबाइल र ल्याप्टपको बिक्रीवितरण र व्यापार बढेको बताइएको छ । ... बाँकी अंश»

घरमै बसेर यसरी तिर्नुस् विद्युत्को महसुल

२०७७ जेठ १७ शनिबार, काठमाडौं। बन्दाबन्दी(लकडाउन)का कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ। विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरुपमा विद्युत्को बिल तिर्ने प्रणालीको विकास भएको छ। ... बाँकी अंश»

नयाँ