arrow

अक्सिजनको अभावमा बिरामी मार्न पाइँदैन : कास्की काँग्रेस

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ १५ शनिबार
nepali-congress-flag-tree.jpg
फाइल तस्बिर

पोखरा। नेपाली काँग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मी प्रति आक्रमण भएको र कोरोना सङ्क्रमित बाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी तीन विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

विज्ञप्तिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा ६ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिना योजना पोखराका स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट वञ्चित गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ।

‘अक्सिजनको अभावमा बिरामी मार्न पाइँदैन, यो सरकार र अस्पताल प्रशासनको गम्भीर लापरबाही हो’, विज्ञप्तिमा भनिएको छ, बिरामीको स्वास्थ्य उपचारमा भएको लापरबाहीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा जोखिमको अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गरिरहेको अवस्थामा भेरी अस्पतालमा सरकारकै संलग्नतामा स्वास्थ्यकर्मी माथि आक्रमण भएको भन्दै त्यसको निन्दा गरिएको छ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल नबनाएर अन्य विकल्प तयार गर्न कास्की काँग्रेसले पटक पटक गरेको आग्रहप्रति सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ।

सरकारसँग धेरै विकल्प हुँदाहुँदै कोभिड बाहेकका अन्य बिरामीको सहज उपचारको पहुँचमा रहेको क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएपछि अन्य बिरामी उपचारका लागि कता जाने प्रश्न गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकार गैर जिम्मेवार बनेकाले अन्य बिरामी अलपत्र पर्ने अवस्था सृजना भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ