arrow

आनी छोइङ्ग डोल्मा फाउण्डेशन र प्रारम्भले  सिरहाको अस्पताललाई दियो स्वास्थ्य उपकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
health-equipment-aani.jpg

लहान । सामाजिक संस्थाहरु प्रारम्भ र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले सिरहाको धनगढीमाई नगरपालिका ११ सोनापुरमा रहेको श्रमजीवी केयर अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । बुधबार डोल्मा फाउण्डेशनकी अध्यक्ष, गायिका एवं समाजसेवी आनी छोइङ्ग डोल्मा र प्रारम्भ संस्थाकी अध्यक्ष कल्पना क्षेत्री सहितको उपस्थितिमा उक्त स्वास्थ्य उपकरण अस्पतालमै पुगेर हस्तान्तरण गरिएको हो । 

उपकरणहरुमा भेन्टिलेटर एक थान, अक्सिजन कन्सन्ट्रेटर २ थान र १५ थान पीपीई रहेको छ । श्रमजीवी सहकारीका अध्यक्ष सुशिलचन्द्र अधिकारीले उक्त उपकरण ग्रहण गरेका हुन् । कोरोना माहामारीको समयमा सिराहाका नागरिकको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै जीवनरक्षाका लागि आफूहरु सांसद प्रदीप गिरीको आग्रहमा स्वास्थ्य उपकरण सहयोग गर्न आइपुगेको समाजसेवी डोल्माले जानकारी गराइन् । स्थानीय नागरिकको जीवनरक्षामा योगदान रहोस् भन्ने उद्देश्य रहेको उनले सुनाइन् । 

अस्पताललाई प्राप्त भएको स्वास्थ्य उपकरणबाट अस्पतालको सेवामा थप सहयोग पुग्ने अपेक्षा गरिएको अस्पताल प्रमुख पंचलाल महतोले बताए । यस अस्पताललाई गतवर्ष पनि कोरोना माहामारीको बेला डोल्मा फाउण्डेशनले सहयोग गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ