arrow

६० थान अक्सिजन कन्सन्ट्रेटर प्रदेश २ सरकारलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
oxygen-122.jpg
तस्वीर–फाइल ।

धनुषा । कोभिड–१९ सँग लड्न प्रदेश नं २ सरकारलाई दातृ निकाय युएनडिपीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । केही दिनअघि मात्रै मुख्यमन्त्री लालबाबु राउतले युएनडिपीसहित दातृ निकायलाई कोरोना महामारी नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए । 

सोही आग्रहअनुसार शनिबार युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले प्रदेश सरकारलाई ६० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । 

चन्दले शनिबार मुख्यमन्त्री राउतको उपस्थितिमा सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 

सहयोगवापत आएको अक्सिजन कन्सन्ट्रेटर प्रदेशका विभिन्न अस्पताललाई प्रदान गरिने मुख्यमन्त्री राउतले जनाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ